रुकुम(पूर्व) को तीन वटै गाउँपालिकामा विभिन्न कार्यक्रम गरी ११२ औ अन्तरािष्ट्रय नारि दिवस मनाइएको छ । जिल्लाको तीन वटै गाउँपालिकामा विभिन्न कार्यक्रम गरि नारी दिवस मनाइएको हो । वडाहरुमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाइएको छ ।

“सामाजिक न्याय र लैगिंक समानता, दिगो विकाशको सुनिश्चितता” भन्ने मुल नाराका साथ जिल्ला सदरमुकाम रुकुमकोटमा एक औपचारिक कार्यक्रमको आयोजना गरी यो दिवस मनाइएको छ । छिप्रीदहमा आयोजित कार्यक्रममा रुक्मिणी माध्यामिक विद्यालय र जिल्ला प्रहरी कार्यालयले महिला हिंसा सम्बन्धि नाटक देखाएका थिए । कार्यक्रममा विद्यार्थी तथा विभिन्न महिला दिदिबहिनीले महिला हिंसा तथा हक अधिकारको विषयमा साहित्यीक तथा सांस्कृतीक प्रस्तुतीहरु राखेका थिए ।

कार्यक्रमलाई लुम्बिनी प्रदेश सासंद आशा स्वर्णकार र सिस्ने गाउँपालिका अध्यक्ष कुमारी बरालले संबोधन गर्नुभएको थियो । सिस्ने गाउँपालिकाको वडा नम्बर ४ मा पनि लोक दोहोरी प्रतियोगिताको आयोजना गरि दिवस मनाइएको छ । दिवसकै अवसरमा सिस्ने गाउँपालिका ३ पोखरामा समाज रुपान्तरणमा महिलाको भुमिका भने शीर्षक मा वक्तृत्वकला र नृत्य प्रतियोगिता आयोजना गरिएको छ ।

पुथाउत्तरगंगा गाउँपालिकामा नारि दिवसको अवसरमा र्याली निकालीएको थियो । दिवसकै अवसर पारी वक्तृत्वला प्रतियोगिता कविता, लोक गीत र नृत्य प्रतियोगिता सञ्चालन गरिएको छ । यस्तै भूमे गाउँपालिकामा पनि ११२ औ अन्तराष्ट्रिय नारि दिवसको अवसर पारेर लोक दोहोरी र नृत्य प्रतियोगिताको आयोजना गरिएको थियो । जिल्लाका अन्य वडाहरुले पनि विभिन्न कार्यक्रमको आयोजना गरि नारि दिवस मनाएका छन् ।