रुकुम(पूर्व) मा नेकपा एमालेको नयाँ जिल्ला कार्यसमिति चयन भएको छ । एमालेको आठौ जिल्ला अधिवेशनले टोपबहादुर ओलीको अध्यक्षतामा ९५ सदस्यीय नयाँ जिल्ला कार्ससमिति चयन गरेको हो । ओली यस अघि पनि जिल्ला कार्यसमितिको अध्यक्ष हुनुहुन्थ्यो ।

नयाँ जिल्ला कार्यसमितिको उपाध्यक्षमा दामप्रसाद श्रेष्ठ, सचिवमा गोपाल रेउले, उपसचिवमा भावना विसी र तेजेन्द्र बुढा चयन हुनुभएको छ । उपसचिव बुढा पनि जिल्ला कार्यसमितिको पुरानै अनुहार हो । पदाधिकारीमा उपाध्यक्ष, सचिव र महिला उपससचिव नयाँ आउनुभएको हो ।

रुकुमकोटमा फागुन २७ गते उद्धघाटन भएको एमालेको आठौ अधिवेशनले चार दिनसम्मको निरन्तर छलफलपछि नयाँ कार्यसमिति टुङ्ग्याएको हो ।

नेकपा एमालेले केहि हिमाली जिल्लामा बाकी राखेर अन्य सबै जिल्लामा गएको पुष २३ गते जिल्ला अधिवेशन गरेको थियो । रुकुम(पूर्व) मा पाँच पदाधिकारीसहित ६५ सदस्यीय जिल्ला कार्यसमति चयन गर्ने भनियपनि आकांक्षीहरु धेरै भएपछि ९५ जनाको जिल्ला कार्यसमिति बनाइएको नेकपा एमाले रुकुम(पूर्व) ले जनाएको छ । योसँगै लुम्बिनी प्रदेशको सबै जिल्लामा नेकपा एमालेको जिल्ला अधिवेशन सम्पन्न भएका छन् ।