नेपाल कम्युनिष्ट पार्टी माओबादि केन्द्र सिस्ने गाउँपालिका अध्यक्षका उम्मेद्धार कृष्ण रेग्मीले २ नम्बर वडालाई यातायातको पहुँचमा जोडने प्रतिवद्धता गर्नुभएको छ । मंगलबार २ नम्बर वडाको नायगाडमा भएको चुनावी सभालाई सम्बोधन गर्दै रेग्मीले यस्तो बताउनुभएको हो । कार्यकालको पहिलो वर्षमा २ नम्बर वडाको नायगाडलाई सडक सञ्जालमा जोडन आफनो प्राथमिकता हुने रेग्मीले बताउनुभयो ।
भौगोलिक विकटा र ठेकेदारको ढिला सुस्तिका कारण देउखोलाबाट अघि बढन नसकेको सडकलाई अघि बढाउन मैले सवै शक्ति प्रयोग गर्ने छु । मेरो कार्यकालमा नायगाडलाई मात्र नभई सिस्नेसम्म सडक पुर्याउनु छ । उम्मेद्धार रेग्मीले भन्नुभयो १ र २ नम्बर वडाका जनतालाई गाडि चढेर आउजाउ गर्ने वातावरण हामि बनाउछौ । यस्तै २ नम्बर वडाको शैक्षिक गुणस्तर सुधार गर्न मादण्ड सहितका विद्यालय भवन र दक्ष जनशक्तिको व्यवस्था गर्ने रेग्मीले प्वाङका जनतासंग प्रतिवद्धता जनाउनु भएको छ । प्वाङ स्वास्थ्यचौकीलाई ५ शैयाको अस्पतालको रुपमा स्तरोन्नती गर्ने र एक सय १० प्ररकारका औषधीहरु निशुल्क वितरण गर्ने उहाँको भनाई छ ।
यस्तै निर्वाहमुखि कृषि पेसा गरिरहेका किसानलाई व्यवसायिक कृषिमा जोडन विशेष प्याकेजको व्यवस्था गर्ने बताउदै रेग्मिले उत्पादनमा वृद्धि ल्याई जनतालाई समृद्ध बनाउनतीर ध्यान केन्द्रित गर्ने बताउनुभयो । यतिमात्र नभई दिगो, भरपर्दो र गुणस्तरिय विद्युत र सञ्चारको संरचना निर्माणमा जोड दिने उहाँले बताउनुभयो । युवालाई खेलकुद र उद्यमशिलता मार्फत उत्पादनका कार्यक्रममा जोडन सिस्ने सरकारसंग युवा कार्यक्रम सञ्चालन गरिने भनाई उहाँको छ ।
सामाजिक सुरक्षाको दायरा विस्ता गरि पञ्जिकरणका कामलाई नागरिक मैत्रि बनाउने उहाँले बताउनुभयो । पहिलो स्थानिय सरकारले हालेको जगलाई टेकी पर्यटन पुर्वाधार देखि अन्य विकास निर्माणका कामलाई आफनो कार्यकालमा पुर्णता दिने उम्मेद्धार रेग्मीले प्रतिवद्धता जनाउनु भएको छ । कार्यक्रममा बोल्ने अन्य वक्ताहरुले सिस्ने गाउँपालिकाको थप विकासका लागि माओबादि केन्द्रका उम्मेद्धारलाई भोट दिन आग्रह गर्नुभएको छ । २ नम्बर वडामा मात्र नभई देशमा भएका सवै आमुल परिर्वतन माओबादि केन्द्रले गरेको भन्दै अन्य वक्ताहरुले माओबादिका उम्मेद्धारहरुलाई विजय गराउन २ नम्बर वडाबासीलाई आग्रह गरेका हुन ।