रुकुम(पूर्व) को पुथाउत्तरगंगा गाउँपालिकामा वैशाख २६ गते सोमबारको घटनाप्रती माओवादी केन्द्रले ध्यानाकर्षण भएको जनाएको छ । सोमबार पुथाउत्तरगंगा गाउँपालिका ११ स्थित जंगलमा एक महिलाको शव भेटिएको घटनाप्रती माओवादी केन्द्र रुकुम(पूर्व) एक वक्तव्य जारी गर्दै ध्यानाकर्षण भएको जनाएको छ । साथै माओवादी केन्द्र रुकुम(पूर्व) ले सोमबार नै एमालेले जारी गरेको वक्तव्यप्रती पनि ध्यानाकर्षण भएको जानाएको छ । एमालेले सोमबार माओवादी केन्द्रलाई विभिन्न आरोप लगाउदै वक्तव्य जारी गरेको थियो ।

नेकपा माओवादी केन्द्रका जिल्ला इन्चार्ज तेजबहादुर ओलीद्धारा हस्ताक्षरीत वक्तव्यमा भनिएको छ, “वैशाख १९ गते साँझ ११ नम्बर वडाको तल्लो सेरास्थित स्थानीय तारा बहादुर बुढाको घरमा पार्टीले घरदैलो कार्यक्रम गरीरहेको अवस्थामा नेकपा एमालेको वडा नम्बर ११ का उम्मेद्वार लक्ष्मण बुढाको नेतृत्वमा अर्जुन बुढा, दिलीप बुढा, जिवन बुढा लगायत २५÷३० जनाको टोलीले लुकिछिपी साँघांतीक आक्रमण गरी दयाधन कामी, मैत्या कामी, किसन बुढा लगायत ६ जनालाई गम्भीर घाइते बनाएको छ ।

उक्त घटनालाई नियोजित रुपमा घट्नास्थलमा संलग्न नरहेको अस्वस्थ र सर्बसाधारण महिलालाई शरिर बन्धक बनाई बलात्कार गरेर हत्या गरेको नितान्त झुठो आरोप लगाई वक्तव्यबाजी गरेर माओबादीलाई बद्नाम गर्ने र १९ गतेको घट्नामा घट्नास्थलमा नरहेका त्यस वडाका अगुवा नेताहरुको नाममा मुद्दा दर्ता गरी निर्बाचित जनप्रतिनिधि र पार्टीको उम्मेद्वार समेतलाई गिरफ्तार गराई चुनाबमा मत परिणाम आफ्नो पक्षमा पार्ने रणनीति अनुसार रचिएको षड्यन्त्रको कडा प्रतिबाद र र्भत्सना गर्दछौ । साथै एमाले जस्तो जिम्मेवार पार्टीले यस प्रकारको गैरजिम्मेवार काम बन्द गर्न अनुरोध गर्दछौं ।”

१९ गते साझको घट्नासंग जोडिएर उपल्लो सेरा निबासी महिला ढुटी बुढाको सव मृत अवस्थामा भेटीएको छ । घट्ना जोसुकैबाट भएको भएपनि पार्टीको तर्फबाट दुख व्यक्त गर्दछौ । समग्र घट्ना प्रकृयाको निष्पक्ष छानबिन र अनुसन्धानको माग गर्दछौ । साथै अनुसन्धान प्रकृयामा पार्टीको तर्फबाट पूर्णरुपमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त पनि वक्तव्यमार्फत गरिएको छ ।

स्थानीय चुनावको सन्दर्भमा जिल्लाका अन्य स्थानमा भएका घट्नाहरुलाई आपसी छलफल सहमति र सहकार्यमा समाधान गर्नको लागि पार्टी प्रतिबद्ध रहेको कुरा पनि उल्लेख गरिएको छ । वैशाख ३० गते हुन गैरहेको स्थानिय निर्वाचन शान्तिपूर्ण र धाधली रहित रुपमा सम्पन्न गर्ने कुरामा सहयोग गर्न र भुमिका खेल्नका लागि पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता, मतदाताहरुमा र सम्बन्धित सबैसँग नेकपा माओवादी केन्द्र रुकुम(पूर्व) ले वक्तव्यमार्फत अपिल गरेको छ ।