वैशाख ३० मा हुने स्थानीय तह चुनावको लागि रुकुम(पूर्व) मा गाउँ फर्कनेको लर्को लागेको छ । अध्यन, जागिर एवम् कामकाजको शिलसिलमा देशको विभिन्न जिल्लामा रहेका मानिसहरु भोट हाल्नको लागि गाउँ फर्किएका छन् । शहरबजारतीर झरेका मानिसहरु भोट हाल्नको लागि गाउँ फर्किएपछि गाउँघरमा चहलपहल बढेको छ ।

अहिले गाउँ फर्कनेको लहरले गर्दा गाडिभाडा पनि महंगिएको र सिट पनि नपाइने गरेको यात्रुहरुले बताएका छन् । बागलुङ् हुँदै काठमाडौंबाट रुकुम(पूर्व) आउने गाडिभाडा यसअघि दुई हजार थियो । अहिले चुनावमा भोट हाल्नकै लागि मानिसहरुको गाउँ फर्कने भिड लागेपछि गाडिभाडा पनि महंगिएर तीन हजार पुगेको रुकुम(पश्चिम) बाफीकोट गाउँपालिकाका टेकराज पौडेलले बताउनुभयो ।

उहाँले आफु पनि काठमाडौंमा बस्दै आएको बताउदै अहिले भने भोट हाल्नकै लागि जिल्लामा आएको बताउनुभएको छ ।