
रुकुम(पूर्व) को सिस्ने गाउँपालिकाले गाउँसभामा पेश गरेको आगामी आर्थिक वर्षको नीति कार्यक्रम सर्वसम्मत पारित भएको छ । गाउँपालिका एवम् गाउँसभाका अध्यक्ष कृष्ण रेग्मिले गाउँसभामा पेश गर्नुभएको नीति तथा कार्यक्रम गाउँसभाबाट सर्वसम्मत पारित भएको हो । गाउँपालिकाले शिक्षालाई पहिलो प्राथमिकतामा राखेर आर्थिक वर्ष २०७९÷८० को नीति कार्यक्रम सार्वजनिक गरेको हो ।
यस्तै क्रमशः कृषि, स्वास्थ्य, पर्यटन र उद्योगलाई गाउँपालिकाले प्राथमिकतामा राखेको छ । “आधारभूत शिक्षामा समान पहुँच अनिवार्य, प्रविधिमा आधारित गुणस्तरिय शिक्षा अपरिहार्य” भन्ने नारासहित शिक्षामा विभिन्न कार्यक्रमहरु ल्याइएका छन् । शिक्षामा लगानी बढाउदै जाने र मानव स्रोतलाइ पूजीमा बदल्ने अभियानलाइ यस पालिकाले प्राथमिकतामा राखेको छ ।
गाउँपालिका भित्रका सामुदायिक विद्यालयहरुलाई प्रविधिमैत्री, पूर्वाधारयुक्त, गुणस्तरीय र सुशासनयुक्त बनाउनुका साथै वार्षिक शैक्षिक तालिका, परीक्षा प्रणाली, प्रतिवेदन र लेखाङ्कनलाई एकरुपता बनाईनेछ । विद्यालय विमुख तथा बालविवाहबाट पिडित किशोरीहरुका लागि जीवन उपयोगी शिक्षा कार्यक्रम सन्चालन गरीने छ ।
गाउँपालिका भित्रका सामुदायिक विद्यालयहरुलाई टिनको छानामुक्त गर्ने कार्यको शुरुवात गरिनेछ । प्रविधिमैत्री शैक्षिक कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न विधुतको पहुँच नभएका विद्यालयहरुमा सौर्य उर्जाको बैकल्पिक व्यवस्थापन कार्यलाई जोड दिइनेछ । विद्यालयहरुको आवश्यक्ता आधारमा तहगत र विषयगत श्रव्य, श्रव्य– दृश्य लगायतका शैक्षिक सामग्रीहरुको व्यवस्थापन गर्दै लगिनेछ । रुक्मिणी पुस्तकालयलाई ई–लाइब्रेरी र वाचानालयसम्म विकास गर्न पूर्वाधार निर्माण गरिने कुरा नीति कार्यक्रममा उल्लेख गरिएको छ ।
नीति कार्यक्रममा कृषिलाई दोस्रो प्रथमिकतामा राखेको गाउँपालिकाले भौगोलिक क्षेत्र सुहाउँदो मौसमी तथा बेमौसमी कृषि उत्पादन, उत्पादकत्व बृद्धि गरि पालिकाको गरिबी निवारण गर्न आवश्यक कार्यक्रम तर्जुमा गरी सञ्चालन गरिने उल्लेख गरेको छ । किसान सूचीकरण÷ वर्गीकरण गरि किसान परिचयपत्र वितरण गरिने र वास्तविक किसान छनौट गरि माग बमोजिम कृषि कार्यक्रमको सञ्चालन गरिनेछ । कृषि बिमा प्रोत्साहन गरि आवश्यक कृषि प्रसार सेवा दिइने छ ।
वडा नं १, २, ४ वडाका लेकाली क्षेत्रमा वन डिभीजन कार्यालयसंग सहकार्य गरी जडिबुटीहरुको खेती संचालन गरी स्वरोजगार सृजना गरिने छ । पशुतर्फ नश्ल सुधारको कार्यक्रम जारी रहनेछ । साथै दुग्ध व्यवसायलाई प्रवर्द्धन गर्न भैंसीलाई सुत्केरी भत्ता प्रदान गरिने नीति लिईने कुरा नीति कार्यक्रममा उल्लेख गरिएको छ ।
स्वास्थ्य तर्फ छोरी वचत कार्यक्रमलाइ निरन्तरता दिइने छ । जिल्ला अस्पतालमै सल्यकृया संचालनमा ल्याईने छ, भने पालिका भित्रका स्वास्थ्य चौकीहरुलाइ सवैक्षेत्रबाट स्तरोन्नती गरिने छ । पालिका भित्र बर्थिङ सेन्टरमा सुत्केरी गराउन आउन जाने सुत्केरीहरुलाइ निशुल्क एम्वुलेन्स सेवा कार्यक्रमलाइ निरन्तरता दिइने छ । ६० वर्षदेखि माथिका जेष्ठ नागरिकलाई घर दैलोमा गएर बर्षको तिनपटक स्वास्थ्य जाँच गर्ने व्यवस्था गरिनेछ ।
विपन्न नागरिकमध्ये प्रत्येक वडाबाट स्वास्थ्य बिमा गर्ने नीति अन्तर्गत यस वर्ष २५–२५ जनालाई स्वास्थ्य बिमा गरिनेछ । ५ वर्ष मुनिका बालबालिकालाई पोषण लेखाजोखा गरी पुरष्कृत गरिनेछ । आयुर्वेद, योगशाला, प्राकृतिक चिकित्सा पद्धतिलाई अनुसन्धान केन्द्र स्तरसम्म विकास गर्ने नीति अतियार गरिनेछ ।
पर्यटन पूर्वाधार विकास र पर्यटनमैत्री दक्ष जनशक्ति उत्पादनमा लगानी बढाउदै जाने नीति लिइएको छ । जसमा सिस्ने हिमाल सर्कीट निर्माण भइ नक्सा तयार गरिएको छ । सिस्ने हिमाल पदमार्ग निर्माणको कामलाइ निरन्तरता दीइने छ । आगामी आ. व. देखि सानीभेरी नदीमा ¥याफ्टिङ संचालन गरिने छ । पालिका भित्र पर्यटन सूचना केन्द्रको स्थापना गरी पर्यटन प्रबर्धन कार्य गरीने छ ।
ऐतिहासिक कुटुम्बुरी पार्क र बाउन्न पोखरी त्रिपन्न टाकुरी स्याण्ड मोडेल निर्माण गरिनेछ । समाजमा विद्यमान विभेद, असमानता र वञ्चितीकरणलाइ न्यूनीकरण गर्न लैङ्गीक समानता तथा सामाजिक समावेशीकरण नीति अवलम्वन गरी विभिन्न कृयाकलाप संचालन गरिने छ । सबै किसिमका बालश्रम अन्त्य गर्ने, बालमैत्री गाउँपालिका स्थापना गर्ने, गाउँपालिका क्षेत्रलाई बालबिबाहमुक्त गाउँपालिका बनाउने निती कार्यक्रममा उल्लेख गरिएको छ ।
“समृद्धि सिस्नेको आधार गुणस्तर भौतिक पुर्वाधार” भन्ने नारासहित विभिन्न कार्यक्रम ल्याइएको छ । बन तथा वातावरण, सूशासन तथा संस्थागत विकास लगाएतका क्षेत्रमा विभिन्न कार्यक्रम ल्याइएको छ ।
गाउँसभामा गाउँपालिकाका उपाध्यक्षगोपाल रेउलेले आर्थिक विधेयक २०७९९ पेश गर्नुभएको छ ।