रुकुम पूर्वः आगामी पाँच वर्षका लागि प्रतिनिधि र प्रदेश सभा सदस्य चयन गर्न रुकुम पूर्वमा मतदान सुरु भएको छ । मतदान सुरु हुनु अघि नै मतदाता लाइनमा बसेका थिए ।
जिल्लामा बिहान ७ बजे देखि नै मतदान सुरु भएको हाे । मतदान साँझ ५ बजेसम्म जारी रहनेछ ।
एक प्रतिनिधी सभा र २ प्रदेश सभा सदस्य रहेको रुकुम पूर्वमा ५६ वटै मतदान केन्द्रमा मतदान सुरु भएको जिल्ला निर्वाचन अधिकारी तेजकुमार ओलीले जानकारी दिए । जिल्लामा ४४ मतदान स्थल र ५६ मतदान केन्द्र रहेका छन ।
यहाँ ३४ हजार एक सय १२ मततदाता रहेका छन । जसमा पुरुषको संख्या १७ हजार दुई सय १५ रहेको छ, भने महिलाको संङख्या १६ हजार आठ सय ९७ छ ।
निर्वाचनको सुरक्षा व्यवस्था कडा पारिएकोले ढुक्क भएर मतदान गर्न जिल्ला निर्वाचन कार्यालय रुकुम पूर्वले सवैमा अपिल गरेको छ ।
ज्येष्ठ नागरिक, गर्भवती र सुत्केरी मतदानका लागि लाइन बस्नु नपर्ने मुख्य निर्वाचन अधिकृत श्यामलाल घिमिरेले जानकारी दिए । अपाङ्गता भएकाहरूका लागि पनि विशेष व्यवस्था गरिएको छ उनले भने मतदानलाई व्यवस्थित गर्न महिला र पुरुषको छुट्टा छुट्टै लाइन बनाएका छौ ।
घिमिरेले अरूको नाममा मत नहाल्न, दोहो¥याएर मतदान गर्ने प्रयास नगर्न, आफ्नो मत अरूलाई हाल्न नदिन र मतपत्र लिँदा मतपत्रमा मतदान अधिकृतको दस्तखत भए नभएको एकिन गर्न आग्रह गरेका छन ।