गाडी दुर्घटनामा परी ज्यान गुमाउनुभएका रुकुम पूर्वका जनप्रतिनिधिहरुको शोक सभा सम्पन्न भएको छ । जिल्लाको पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्ष भुपेन्द्रा बुढा, उहाकी आमा गोपिमाया बुढा र यसै गाउँपालिका २ नम्बर वडाध्यक्ष जस बहादुर श्रीपालीको गएको भदौ २८ गते काठमाडौबाट रुकुम पूर्व आउदै गर्दा बागलुङको गलकोट नगरपालिकाको बुङखानीमा जिप दुर्घटना हुँदा मृत्यु भएको थियो ।
दुर्घटनामा परी ज्यान गुमाउनुभएका उहाँहरुको सम्झनामा नेकपा माओवादी केन्द्र रुकुम पूर्व र पुथा उत्तरगगा गाउँपालिकाको संयुक्त आयोजनामा गाउँपालिकाको केन्द्र तकमा आज शोक सभा सम्पन्न गरिएको हो । शोकसभामा स्वर्गिय तिनै जनाको फोटोमा माल्यारोपन गरिएको थियो ।
शोकसभा कार्यक्रमलाई फोनबाट संबोधन गर्दै नेकपा माओवादी केन्द्रका उपमहासचिव एवम् पूर्व अर्थ मन्त्री जनार्दन शर्माले गाउँपालिका उपाध्यक्ष र वडाध्यक्षको मृत्युले रुकुम पूर्व र सिंगो नेकपा माओवादी केन्द्रलाई ठुलो क्षती भएको बताउनुभएको छ । पार्टी र सरकारमा उहाँहरुले पुर्याएको योगदानको स्मरण गर्दै उहाँले मृतकप्रती श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ ।
यस्तै शोक मन्तव्य राख्दै स्थाई किमटी सदस्य एवम् पूर्व खेलकुद मन्त्री गनेशमान पुनले गाडी दुर्घटनामा परी ज्यान गुमाउनुभएकाहरुप्रती श्रद्धाञ्जली अर्पण गर्दै उहाँहरुले पार्टीमा पुर्याएको योगदानको स्मरण गर्नुभएको छ । गाउँपालिका उपाध्यक्ष र वडाध्यक्ष भएर सरकार चलाउदै गर्दा होस या पार्टीमा उहाँहरुले पुर्याएको योगदान कहिल्यै भुल्न नसकिने बताउनुभएको छ ।
यस्तै शोक मन्तव्य राख्दै नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेशका अध्यक्ष सुदर्शन बरालले उहाँहरुको मृत्युले रुकुम पूर्व र सिंगो पार्टीले ठुलो क्षती बेहोर्नुपरेको बताउदै दुख व्यक्त गर्नुभएको छ । नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य एवम् रुकुम पूर्व जिल्ला इन्चार्ज तेज बहादुर ओलीले रुकुम पूर्वले प्रभावशाली व्यक्तीहरुलाई गुमाएको बताउनुभएको छ । उहाँहरुको मृत्युले पुथा उत्तरगंगा गाउँपालिका सरकारसँगै नेकपा माओवादी केन्द्र रुकुम पूर्वलाई ठुलो क्षती पर्याएको बताउनुभएको छ ।
बुढा र श्रीपाली २०७९ को स्थानीय निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट निर्वाचित हुनुभएको थियो । गाउँपालिका उपाध्यक्ष बुढाको जन्म २०४८ साल जेठ २८ गते कोलमा भएको थियो । उहाँ नेकपा माओवादी केन्द्र पुथा उत्तरगंगा गाउँपालिकाको सचिवालय सदस्य तथा वाईसियलको केन्द्रिय सदस्य हुनुहुन्थ्यो ।
यस्तै वडाध्यक्ष श्रीपालीको जन्म २०३५ साल पुस २४ गते पेल्मामा भएको थियो । २०५४ सालमा भदौ १२ गते पार्टि सदस्यता लिएर राजनितिक जिवनको थालनी गर्नुभएका श्रीपालीले भूमिगत जिवन हुँदै २०५९ मा पार्टी एरीया सदस्य भएर काम गर्नुभएको थियो । २०६२ मा क्यान्टोन मेन्टमा सेनाकफ सेक्सा भिसी रहेर काम गर्नुभएका उहाँले २०६४ मा वाईसिएर ४ नम्बर एरिया कमाण्डर हुँदै जिल्ला पार्टी सदस्य र वाईसियल नेपाल साविक रुकुमको जिल्ला उपाध्यक्ष, वाईसियल प्रदेश कमिटी सदस्य रहेर काम गर्दै हाल पार्टीको गाउँपालिका सचिवालय सदस्य हुनुहुन्थ्यो ।
पुथा उत्तरगंगा गाउँपालिकाका अध्यक्ष पुनिराज घर्तीको अध्यक्षतामा भएको भएको शोक सभा कार्यक्रममा नेकपा माओवादी केन्द्रका स्थाई कमिटी सदस्य गनेशमान पुनको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेशका अध्यक्ष सुदर्शन बराल, नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य एवम् रुकुम पूर्व जिल्ला इन्चार्ज तेज बहादुर ओली, केन्द्रिय सदस्य एवम् गुल्मी जिल्ला ईन्चार्ज सिर्जना तरामुको विशिष्ट आतिथ्यता रहेको थियो । यस्तै कार्यक्रममा माओवादी केन्द्रका वैकल्पिक केन्द्रिय सदस्य मेघ बहादुर श्रेष्ठ, रामसुर बुढा मगर, गुल्मीका बिर बहादुर कार्की, निम बहादुर पाण्डे लगाएतको विशेष आतिथ्यता रहेको थियो । यस्तै गाउँपालिका अध्यक्षहरु तथा उपाध्यक्ष, विभिन्न राजनितिक दलका प्रमुख एवम् प्रतिनिधी, जनवर्गिय संगठनका प्रमुख एवम् प्रतिनिधी, स्थानीयको उपस्थिती रहेको थियो ।
शोकसभा कार्यक्रमको सञ्चालन नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक कुमारी बरालले गर्नुभएको थियो ।

