रुकुम(पूर्व) को सिस्ने गाउँपालिका वडा नम्बर ३ मा कृत्रिम रानु उत्पादन सम्बन्धि तालिम सञ्चालन गरिएको छ । एककिकृत कृषि तथा पशुपन्छि विकास कार्यालय रुकुम(पूर्व) ले मौरी विकास ब्लक कार्यक्रमअन्तर्गत त्यहाँका किसानहरुलाई कृत्रिम रानु उत्पादन सम्बन्धिको तीन दिने तालिम प्रदान गरेको हो ।

यहि चैत्रको १६ गतेबाट सुरु भएको तालिम १८ गतेसम्म चलेको थियो । कार्यालयको आर्थिक सहयोगमा पोखरामा रहेको सिर्जनशिल माहुरी पालन सहकारी संस्था लिमिटेडले तालिमको आयोजना गरेको थियो । तीन दिनसम्म तालिमको सहजिकरण दाङका हिराबहादुर बहकरीले गर्नुभएको थियो ।

तालिममा नयाँ गोला छनोट र त्यसमा रानु कसरी सार्ने भन्ने कुराहरु सिकाइएको एकीकृत कृषि तथा पशुपन्छि विकास कार्यालय रुकुम(पूर्व) का कार्यालय प्रमुख पिताम्बर बस्नेतले जानकारी दिनुभयो । खास गरी माहुँरी गोला सुधारको लागि पोखराका ३२ जना किसानलाई यो तालिम प्रदान गरिएको प्रमुख बस्नेतले बताउनुभएको छ ।