रुकुम(पूर्व) को सिस्ने गाउँपालिकामा अखिल नेपाल महिला संघ (क्रान्तिकारी) को दोस्रो बैठक सम्पन्न भएको छ । बैठकमा फागुन २५ गतेबाट ३० गतेसम्म पार्टी सिस्ने गाउँपालिकाको बैठकले गरेको निर्णयअनुसार थालिने जनसुदृढ अभियानलाई सफल बनाउनको लागि सम्बन्धित ठाउँमा सहभागी हुने निर्णय गरिएको छ ।

यस्तै अनेम संघको प्रदेश समितिको सर्कुलरअनुसार समित गठन गर्न बाकी रहेका ठाउँमा अनेम संघको समिति निर्माण गर्ने, नविकरण गर्न छुेटेका र नयाँ सदस्यता लिन चाहनेलाई चैत ३० सम्म सदस्यता नविकरण तथा नयाँ प्रदान गर्ने, आगामी निर्वाचनका सम्भावित महिला उम्मेदारको सुचि बनाई प्रदेशमा पठाउने निर्णय गरेको अनेमसंघ सिस्ने गाउँपालिकाका सचिव मिना केसीले जानकारी दिनुभयो । यस्तै प्रत्येक महिनाको ९ गते बैठक बस्ने तथा लेबी उठाउने, श्रमिक महिला दिवस आ आफ्नो वडामा मनाउने निर्णय गरिएको छ ।

अनेम संघ क्रान्तिकारी सिस्ने गाउँपालिका अध्यक्ष दिलकुमारी मल्लको अधयक्षतामा बसेको बैठकमा नेकपा माओवादी केन्द्रकी प्रदेश सदस्य एवम् अनेम संघकी केन्द्रिय सदस्य कुमारी बरालको प्रमुख र नेकपा माओवादी केन्द्र रुकुम(पूर्व) का उपाध्यक्ष गोबरधन बुढाको विशेष आतीथ्यता रहेको थियो । बैठकको सञ्चालन अनमसंघ की सिस्ने गाउँपालिका सचिव मिना केसीले गर्नुभएको थियो ।