रुकुम(पूर्व) को सिस्ने गाउँपालिका वडा नम्बर ६ मा नेकपा माओवादी केन्द्रको वडा कार्यालय स्थापना गरिएको छ । छिप्रीदहमा स्थापना गरिएको वडा पार्टी कार्यालयको आज एक औपचारिक कार्यक्रमका बिच उद्धघाटन गरिएको छ ।
७२ औ प्रजातन्त्र दिवसको अवसर पारी पार्टीको वडा कार्यालय उद्धघाटन गरिएको नेकपा माओवादी केन्द्र ६ नम्बर वडाध्यक्ष सुगन्धा मल्लले जानकारी दिनुभयो । सिस्ने गाउँपालिका पाटी इन्चार्ज एवम् लुम्बिनी प्रदेश कमिटी सदस्य कृष्ण रेग्मि, प्रदेश कमिटी सदस्य दिलकुमारी मल्ल र पार्टीका सल्लाहकार पलबहादुर केसीले संयुक्त रुपमा कर्यालयको उद्धघाटन गर्नुभएको हो ।
कार्यालय उद्घाटनसंगै वडा कमिटीका पदाधिकारीहरुले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । पार्टीको वडाध्यक्ष सुगन्धा मल्ल, सचिव सेतबहादुर बुढाथोकी, ईन्चार्ज ज्ञानु चन्द र सहईन्चार्ज मनबहादुर बुढाथोकीले पदभार ग्रहण गर्नुभएको हो । प्रदेश कमिटी सदस्य तथा सिस्ने गाउँपालिका इन्चार्ज रेग्मिले पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभएको थियो ।
वडा पार्टी अध्यक्ष मल्लको अध्यक्षतामा भएको कार्यालय उद्धघाटन कार्यक्रममा प्रदेश कमिटी सदस्य एवम् गाउँपालिका इन्चार्ज रेग्मिको प्रमुख तथा प्रदेश कमिटी सदस्य मल्लको बिशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा गाउँकमिटीका सदस्य एवम् सिस्ने ६ का वडा अध्यक्ष सुदन रेग्मी लगाएको उपस्थित रहेको थियो ।।