रोल्पाको थवाङ गाउँपालिका -१, जलजला नजिकै आज भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु भएको छ । रुकुम पूर्वको रुकुमकोटबाट जलजला जाँदै गरेको लु १ ज ४१६७ नम्बरको जिप दुर्घटना हुँदा १७ जनाको घटनास्थलमै मृत्यु भएको र अन्य एकजना घाइते भएको प्रहरीले बताएको छ ।
जिप भीरबाट ८ सय मिटर तल खसेको र अहिले उद्धार कार्य जारी रहेको छ ।दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ ।

