नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को उपस्थितिमा नेकपा जिल्ला समिती रुकुम पुर्वको बैठक सुरु भएको छ । चुनावको समिक्षा तथा पार्टी वैठकका लागि प्रचण्ड आजै रुकुम पूर्व आइपुग्नुभएको हो ।

रुकुम पूर्वबाट निर्वाचित प्रतिनिधिसभा सदस्य समेत रहनुभएका संयोजक प्रचण्डको उपस्थितिमा आजै यसअघि पार्टी जिल्ला कार्यालयको बैठक बसिसकेको छ । पार्टी जिल्ला समितिको बैठक सिस्ने गाउँपालिकाको सभाहलमा चलिरहेको छ । यो बैठक भोलिसम्म चल्ने छ ।