नेकपा माओबादी केन्द्र भूमे गाउँ समितिको बैठक आजबाट सुरु भएको छ । बैठकमा प्रत्येक वडाका इञ्चार्ज एवं सहइञ्चार्जले पार्टी गतिविधिको रिपोर्टिङ गरेका छन् । केन्द्रीय नेताहरुबाट प्रशिक्षण मुलक मन्तव्य, निर्वाचन तयारीको मुल कमिटी गठन, राजनैतिक साङ्गठनिक अन्तर्गतको सल्लाहकार समिति, पेशागत संगठन गठन, गाउँ समिति सचिवालय गठन लगायत विभिन्न एजेन्डामा छलफल भइरहेको गाउँ समितिका सचिव नारायण पुन मगरले बताउनुभयो ।

आज पहिलो दिन बैठकमा प्रस्तुत गरिएको एजेन्डा माथि छलफल गरिएको छ । दोस्रो दिन भोलि मात्र एजेन्डाको टुङगो लगाई बैठक सकिने सचिव पुनले जानकारी दिनुभयो ।