गणतन्त्र दिवसको अवसरमा रुकुम(पूर्व) मा विभिन्न कार्यक्रम गरीएको छ । सिस्ने गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीले रुकुमपूर्व अस्तापलका बिरामीलाई जुस वितरण गरेका छन् । आज १५ औँ गणतन्त्र दिवसको अवसरमा सिस्ने गाउँपालिका जनप्रतिनिधि र कर्मचारीले रुकुमपूर्व अस्पतालमा रहेका बिरामीको स्वास्थ्य अवस्था बुझ्नुका साथै जुस वितरण गरेका हुन् ।

गाउँपालिका अध्यक्ष कृष्ण रेग्मी, उपाध्यक्ष गोपाल रेउले, प्रमुख प्रशासकीय अधिकृत चिन्तामणि दाहाल, आलेप सुमन न्यौपानेले बिरामी र स्वास्थ्यकर्मीलाई जुस वितरण गर्नु भएको छ । बिरामीका स्वास्थ्य अवस्था जानकारी लिनुका साथै अस्पतालका डाक्टर एवं स्वास्थ्यकर्मीसँग गाउँपालिका अध्यक्ष र उपाध्यक्षले अस्पतालको औषधि, उपचारको अवस्थाबारे समेत जानकारी लिनु भएको छ ।

यसैगरी भूमे गाउँपालिकामा पनि जनप्रतिनिधि, कर्मचारी एवं स्थानीयले संयुक्त कार्यक्रम आयोजना गरी गणतन्त्र दिवस मनाएका छन् । गाउँपालिकाको कार्यालयबाट ¥याली सुरु गरिएको कार्यmक्रम खाबाङ बगर बजार परिक्रममा गरिएको थियो । त्यसपछि पुनः गाउँपालिकाको प्राङ्गनमा पुगि कोणसभा कार्यक्रम गरिएको हो ।

यस्तै सिस्ने गाउँपालिका वडा नम्बर ३ मा नेकपा माओवादी केन्द्रले गणतन्त्र दिवसकै अवसरमा शुभकामना आदानप्रदान गरेर मनाएका छन् । माओवादी केन्द्र सिस्ने ३ वडा समितिका अध्यक्ष नन्दराम लामेछानेको अध्यक्षमा शुभकामना आदानप्रदान कार्यक्रम गरिएको हो । शुभकामना आदानप्रदानका साथै वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा पार्टीका उम्मेदवारलाई मतदान गरी विजयी गराउने वडाका मतदातालाई धन्यवाद समेत दिइएको पार्टी गाउँ समितिका सदस्य मिना केसीले जानकारी दिनुभयो ।

वडा समितिले सहिदका फोटोमा माला अर्पण समेत गरेका छन् भने वडाका नव निर्वाचित जनप्रतिनिधिलाई पार्टीका तर्फबाट बधाइ समेत दिइएको केसीले जानकारी दिनुभयो ।