रुकुम पुर्व: रुकुम पुर्वमा स्वतन्त्र उम्मेदवार सुरुल पुन विजयी भएका छन । पुन चार हजार चार सय ६५ मत ल्याएर विजयी भएका हुन ।

उनका निकटम प्रतिस्पर्धी सत्ता गठबन्धनका उम्मेदवार तेजबहादुर ओलीले तीन हजार ९ सय ३२ मत ल्याएका छन । ओलीले पुन भन्दा ५३३ कम मत ल्याए । मुख्य निर्वाचन अधिकृतको कार्यालयले घोषणा गर्न बाकी छ ।

स्वतन्त्र उम्मेदवार पुन माओवादी केन्द्रका पुर्व कार्यकर्ता हुन । यो प्रदेश निर्वाचन क्षेत्र नम्बर (१) को नतिजा हो ।