रुकुम(पूर्व) मा रहेको एकिकृत कृषि तथा पशुपछि विकास कार्यालयले पहिलो त्रैमासिकमा ६.५१ प्रतिशत बजेट खर्च गरेको छ । आज जिल्लाको भूमे गाउँपालिकास्थित खाबाङ बगरमा प्रथम त्रैमासिक समिक्षा गोष्ठिको आयोजना गरेर कार्यालयले प्रथम त्रैमासिक अवधिमा ६.५१ प्रतिशत बजेट खर्च गरेको जानकारी गराएको हो ।
कार्यालयमा कुल वार्षिक बजेट ५ करोड ५६ लाख ६० हजार ४ सय रुपैयाँ रहको थियो । त्यसमा हालसम्म ६.५१ प्रतिशत बजेट खर्च भएको एकिकृत कृषि तथा पशुपन्छि विकास कार्यालयका प्रमुख पिताम्बर बस्नेतले जानकारी गराउनुभयो । उहाँकाअनुसार पहिलो त्रैमासिकमा योजाहरुको कुल ६० लाख ८८ हजार बजेट रहेको थियो । जसमा ३६ लाख २७ हजार ८ सय रुपैयाँ अर्थात ५३.२९ प्रतिशत बजेट खर्च भएको छ । कार्यालयको कुल भारित प्रगती ६९.१ प्रतिशत रहेको जानकारी समिक्षा गोष्ठिमा जानकारी गराइएको छ ।
पहिलो चौमासिकमा स्विकृत वार्षिक कार्यक्रमको सार्वजनिकिकरण, तोरी, गहुँ, मकै, आलुको विज वृद्धि कार्यक्रम, सिंचाई सहित कृषि विकास कार्यधmम, बर्खे आलु ब्लक विकास कार्याक्रम, हिउदे तरकारीको बिउ वितरण, विभिन्न दिवसहरु मनाउने, उत्कृष्ट किसान, कर्मचारी र पत्रकारलाई पुरस्कृत गर्ने लगाएतका कार्यक्रमहरु गरिएको छ । यसैगरी पशु स्वास्थ्य शिविर सञ्चालन, तालिम, प्रयोगशाला तथा रोग निदान कार्यक्रम, लम्पी स्किन रोग नियन्त्रणका लागि खोप कार्यक्रम, पशुपन्छि रोग नियन्त्रणको लागि खोप कार्यक्रम, मासु पसल र पशुपन्छि फार्महरुको अनुगमण, नियमन, वार्षिक प्रगती तथा तथ्याङ्क पुस्तिका प्रकाश गर्ने लगाएतका कार्यक्रमहरु गरिएको कार्यालयका प्रमुख बस्नेतले जानकारी गराउनुभएको छ ।
कार्यालय प्रमुख बस्नेतले कृषि विकास तर्फ केहि कार्यक्रम र पशुपन्छि तर्फ पुरै कार्यक्रमको हालसम्म कार्यविधि प्राप्त नभएको कारण अपेक्षित रुपमा प्रगती हुन नसेको बताउनुभएको छ ।
कार्यक्रममा प्रधानमन्त्रि कृषि आधुनिकिकरण परियोजना, परियोजना कार्यान्यन एकाई रुकुम(पूर्व) रोल्पा कार्यालय र तीन वटै गाउँपालिकाको कृषि र पशु शाखाले पनि अहिलेसम्म गरेका कामकाज र खर्च बजेट प्रस्तुत गरेका थिए । जस अन्तगर्त प्रधानमन्त्रि कृषि आधुनिकिकरण परियोजना, परियोजना कार्यान्यन एकाई रुकुम(पूर्व) रोल्पा कार्यालयको लागि चालु आर्थिक वर्षमा ४ करोड ७ लाख बजेट बिनियोजन भएको थियो । जसमा हालसम्म २६ लाख ३८ हजार अर्थात ६.४५ प्रतिशत बजेट खर्च भएको कार्यालयका प्रमुख मित्रलाल पौडेलले जानकारी दिनुभएको छ । चालु आर्थिक वर्षको असोज २६ गते मात्र कार्यक्रम स्विकृत भइ प्राप्त भएको कारण बजेट खर्च कम देखिएको उहाँको भनाई छ ।
यसैगरी सिस्ने गाउँपालिकाको पशु शाखामा चालु आर्थिक वर्षमा कुल बजेट ५९ लाख रहेको थियो । पहिलो त्रैमासिक अवधिमा ६ लाख अर्थात १०.१६ प्रतिशत बजेट खर्च भएको छ । कृषि शाखामा १ करोड ८० लाख बजेट बिनियोजन भएको थियो । जसमा पहिलो त्रैमासिक अवधिमा १३ लाख अर्थात ७.२ प्रतिशत बजेट खर्च भएको छ । यसैगरी पुथा उत्तरगंगा गाउँपालिकाको पशु शाखामा १ करोड २४ लाख ८९ हजार रुपैया बजेट बिनियोजन भएकोमा पहिलो त्रैमासिक अवधिमा ११ लाख ५१ हजार ९ सय ८२ अर्थात ११.४७ प्रतिशत खर्च भएको छ । कृषि शाखामा १ करोड ४७ लाख ५५ हजार रुपैयाँ बजेट रहेकोमा पहिलो त्रैमासिकमा ८ लाख अर्थात ५.४२ प्रतिशत बजेट खर्च भएको छ ।
यसैगरी भूमे गाउँपालिकाको पशु शाखामा ३४ ललाख १० हजार रुपैयाँ बजेट चालु आर्थिक वर्षमा रहेकोमा पहिलो त्रैमासिक अवधिमा ४ लाख ६० हजार अर्थात १३ प्रतिशत बजेट खर्च भएको छ ।
भूमे गाउँपालिकाका अध्यक्ष होम प्रकाश श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख मेघबहादुर श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मि, भूमे गाउँपालिका उपाध्यक्ष सविना बुढासँगै जिल्लास्थित विभिन्न सरकारी कार्यालयका कार्यलय प्रमुख, गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत, तीन वटै गाउँपालिकाका कृषि र पशु शाखाका प्रमुखहरु, पत्रकार र किसानहरुको उपस्थिती रहेको थियो । कार्यक्रमको संचालन एकिकृत कृषि तथा पशुपन्छि विकास कार्यालयका कृषि अधिकृत थलराज बस्नेतले गुर्नुभएको थियो ।