हिकमत प्रोतेल/रुकुम(पूर्व)
रुकुम(पूर्व) को पुथा उत्तरगंगा गाउँपालिका ९ खारबाङमा नेकपा माओवादी केन्द्रको चुनाव प्रचारप्रसार अभियान सम्पन्न भएको छ । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन लक्षित चुनाव प्रचारप्रसार अभियान सम्पन्न भएको हो । गाउँपालिका अध्यक्ष उम्मेदवार पुनिराज घर्ती, उपाध्यक्षका उम्मेद्वार भुपेन्द्रा बुढा सहितको टोलीले चुनाव प्रचारप्रसार अभियान आज खारबाङमा सम्पन्न गरेको हो ।
र्याली सहित कोण सभामा परिणत भएकोे चुनावी अभियान कार्यक्रममामा नेकपा एकीकृत समाजवादी लुम्बिनी प्रदेश कमिटी सदस् काशिराम पुन र एकीकृत समाजवादी पुथा उत्तरगंगा गाउँपालिका अध्यक्ष टेकप्रसाद समालको पनि उपस्थित रहेको थियो । नेपाली कांग्रेसको पकेट क्षेत्र भनी चिनेन पुथा उत्तरगंगा ९ मा नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीको गठबन्धन भएको छ । जसमा नेकपा माओवादी केन्द्रका तर्फबाट वडा अध्यक्षको उमेदवारमा हर्क प्रसाद रोका, खुल्ला सदस्य उम्मेदवारमा सविन रोका र टेक बहादुर वि क यस्तै महिला सदस्यमा उर्मिला रोकाको उमेदवार रहेको छ । यस्तै दलित महिला सदस्यमा एकीकृत समाजवादीबाट जुनकुमारी विकको उमेदवार रहेको छ ।
नेपाली कांगे्रसको पकेट क्षेत्र भनी चिनिएता पनि आजको र्यालीले नेकपा माओवादी केन्द्रको पकेट बन्ने पक्का रहेको अध्यक्ष उमेदवार पुनिराज घर्तीले बताउनु भयो । आफु अध्यक्ष उमेदवारबाट बिजय भएपछि शुक्रबार र शनिबार पालैपाले प्रत्उेक वडामा उपस्थित भई आवश्यकता अनुसारको विकासमा जोड दिने उमेदवार अध्यक्ष घर्तिले प्रतिबद्धता जाहेर गर्नुभयो । यस्तै उपाध्यक्षका उमेदवार भुपेन्द्रा बुढाले पुथा उत्तगंगगामा नेकपा माओवादीको विकल्प नरहेकोले अन्य भ्रममा नपर्न अपिल गर्नु भयो । संघियता समावेशीता नेकपा माओवादीले लिएकोले नेकपा माओवादी केन्द्रलाई नै विजय बनाउन अपिल गर्नु भयो ।
नेकपा माओवादी केन्द्र पुथा उत्तरगंगा ९ का इन्चार्ज दल बहादुर रोकाको स्वागत मन्तव्य रहेको कार्यक्रमको सभा अध्यक्षता वडा पार्टी अध्यक्ष महल रोकाको रहेको थियो भने कार्यक्रमको सञ्चालन नेकपा माओवादी केन्द्र जिल्ला समिति सदस्य लिलाराम समालले गर्नुभएको थियो ।