नेपाल जनजागरण मञ्चले आफ्नो १६ औ वार्षिक उत्वसको अवसर पारि वृक्षरोपन गरेको छ । जनजागरण मञ्चले आज अर्थात असार २८ गतेको दिन १६ औ वार्षिक उत्सवका अवसर पारि रुकुम(पूर्व) को सिस्ने गाउँपालिका वडा नम्बर ५ मा पर्ने मध्यपहाडी लोकमार्गको दायाँ बायाँ भागमा वृक्षरोपन गरेको हो ।

उसले सल्ला, बकैना र कल्फी फूलको गरे एक सय वटा बोट मध्यपहाडको दायाँबायाँ भागमा रोपेको हो । सिस्ने गाउँपालिकाका अध्यक्ष कृष्ण रेग्मिको प्रमुख उपस्थितीमा वृक्षरोपन कार्यक्रमको उद्धघाटन गरिएको थियो । वार्षिक उत्सवको अवसर पारि साताव्यापी रुपमा पनि वृक्षरोपणको कार्य गरिने जनजागरण मञ्चले जनाएको छ । आजको दिनबाट सुरु भइ अवको एक हप्तासम्ममा आफ्नो सेवा क्षेत्रमा लक्षित समुह, पदाधिकारी, कर्मचारी सबैले पाँच पाँच वटा विरुवा गरि जम्मा पाँच सय बिरुवा रोप्ने र यसको रेकर्ड प्रतिवेदन सम्बन्धित क्षेत्रमा पठाउने पनि बताइएको छ ।

लैङ्गिक, समावेशी, समतामुलका समाजको परिकल्पना प्राप्तीको लागि २०६३ साल अषाढ २८ गतेकै दिन स्थापना भएको यस नेपाल जनजागरण मञ्चले स्थापनाकाल देखि नै रुकुम(पूर्व) र पश्चिममा महिला तथा बालबालिका र शिक्षा, स्वास्थ्य(सामुदायिक र मानसिक), जिविकोपार्जन, लैंगिक समावेशी, पर्यावरण र सुशासनको क्षेत्रमा काम गर्दै आएको संस्थाका अध्यक्ष टेकबहादुर कुसारीले बताउनुभयो ।

वृक्षरोपन कार्यपछि चियापान कार्यक्रमको आयोजना गरि संस्थाले १६ औ वार्षिक उत्सव मनाएको हो । संस्थाका अध्यक्ष कुसारीको अध्यक्षतामा भएको कार्यक्रममा सिस्ने गाउँपालिका अध्यक्ष रेग्मिको प्रमुख उपस्थिती रहेको थियो । यसैगरी गाउँपालिका उपाध्यक्ष गोपाल रेउले, निमित्त प्रमुख प्रशासकिय अधिकृत चिन्तामणी दाहाल, विभिन्न सरकारी कार्यालयका प्रमुख, यूएमएनका टिम लिडर शिवप्रसाद अधिकारी, नेपाल जनजागरण मञ्चका पदाधिकारी, मिक नेपालका अध्यक्ष, पत्रकार लगाएतको उपस्थिती रहेको थियो ।

कार्यक्रमको सञ्चालन संस्थाका सचिव खम्बुसिंह श्रेष्ठले गर्नुभएको थियो ।