अधुरो हुने भो मेरो संगै जिउने मर्ने मनको रहर, पनि
अचेल फरक लाग्दैछ हजुरको मलाई हेर्ने नजर, पनि ।।

एउटा यो मन छ प्यासी प्यासी, के बताउ तिमिलाई
धेरै बर्षौ बर्ष देखि प्यासी छ यो सुख्खा बगर, पनि ।।

दुखमा साथ दिने यो दुनियाँमा, कोही नहुने रहेछन्
त्यसैले मलाई यहाँ लाग्दैन कसैको आस भर, पनि ।।

मेरो लागि बाबा आमा, भगवान सरह हुनुहुन्छ
कसैका लागि भगवान बन्छन् मन्दिरका पत्थर, पनि ।।

मेरो हो भन्न पाउने त आमा बाबा, रहुन्जेल मात्र रहेछ
त्यसपछि त पराई हुन्छ छोरी जन्मिएको जन्म घर, पनि ।।