रुकुम पूर्वमा आज १२ जनाको उम्मेद्वारी परेको छ । फागुन २१ मा हुने निर्वाचनमा सहभागी हुनको लागि यस जिल्लाबाट विभिन्न दल र स्वतन्त्रबाट गरेर १२ जनाको उम्मेद्वारी परेको मुख्य निर्वाचन अधिकृत शिव प्रसाद खनालले जानकारी दिनुभएको छ ।

उहाँका अनुसार नेपाली कम्यूनिष्ट पार्टीबाट पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले उम्मेद्वारी दर्ता गराउनुभएको छ । यसैगरी नेपाली कांग्रेसबाट कुसुमदेवी थापा, नेकपा एमालेबाट लिलामणी गौतमको उम्मेद्वारी परेको छ ।

यसैगरी राष्ट्रिय जनमोर्चाबाट चन्द्र प्रसाद शाही, नेपाल कम्यूनिष्ट पार्टी माओवादीबाट जुद्ध बहादुर बुढा मगर, मंगोल नेशनल अर्गनाइजेसनबाट ज्योती रोका मगर, नेशनल रिपब्लिक नेपालबाट धर्म कुमार बुढा, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रोशन शाह, राष्ट्रिय स्वतन्त्र पार्टीबाट लखन कुमार थापा, प्रगतिशिल लोकतान्त्रिक पार्टीबाट सन्दिप पुन, जनता समाजवादी पार्टीबाट सिर बहादुर बुढा र स्वतन्त्रबाट अमरसिंह पुनको उम्मेद्वारी परेको मुख्य निर्वाचन अधिकृत खनालले बताउनुभएको छ ।