हिमपातका कारण अबरुद्ध मध्यपहाडी लोकमार्ग अझै सूचारु हुन सकेको छैन् । भारी हिमपातका कारण बुधबारदेखी अबरुद्ध मध्यपहाडी लोकमार्ग आज पनि ठप्प छ । बुधबार दिनभरीजसो नै हिमपात भएपछि सडकमा परेको हिउँ पन्छाउन नसकिएको जिल्ला प्रशासन कार्यालय रुकुम पूर्वले जानकारी दिएको छ ।
बुधबार जसोतसो हिउँमा फसेका करिब तिन सय यात्रुहरुलाई भने उद्धार गरिएको थियो । आज मौसम खुलेको कारण बिहानैबाट सडकमा जमेको हिउँ पन्छाउन सुरु गरिसकेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी नायव उपरिक्षक उमा शंकर प्रसाद यादवले बताउनुभयो । रुकुम पूर्वतर्फको ३ किलोमिटर सडकमा परेको हिउँ पन्छाइरहेको उहाँले बताउनुभयो । बागलुङले पनि आफ्नो क्षेत्रमा परेको हिउँ पन्छाएर सकियो भने मात्र सडक सूचारु हुने डिएसपी यादवले बताउनुभयो ।
काठमाडौंबाट रुकुम पूर्व सहित रुकुम पश्चिम र डोल्पाका लागि छुटेका बसहरु हिमपातका कारण पातिहाल्नामा फस्दा कतीपयलाई उद्धार गरेर रुकुम पूर्व ल्याइएको थियो भने कतिपयलाई बागलुङ बुर्तिबाङ लगिएको थियो । अहिले रुकुम पूर्वतर्फ भूमे गाउँपालिकाको समन्वयमा जेसीबी लगाएर हिउँ पन्छाउने काम भइरहेको छ ।

