रुकुम (पूर्व) मा कोरोना भाइरस बिरुद्धको पर्याप्त मात्रामा खोप हुदाहुँदै पनि लगाउने मासिनहरु नआउदा समस्या भएको छ । जिल्लाको विभिन्न ठाउँमा खोप अभियान सञ्चालन गर्दा पनि खोप लागाउने लक्षित उमेर समुहका व्यक्तिहरु खोप केन्द्रसम्म नआउदा समस्या भएको स्वास्थ्य कार्यालय रुकुम (पूर्व) ले बताएको छ । जनस्तरमा खोप सेवा पु¥याउन नसक्दा सर्वसाधारण ओमिक्रोन भेरिएन्टको जोखिममा पर्ने देखिएको छ ।

जिल्लामा खोप पर्याप्त भए पनि लगाउने व्यक्तिको अपेक्षीत उपस्थिती नहुँदा समस्या भएको स्वास्थ्य कार्यालयका सुचना अधिकारी एवम् कोरोना रोग नियन्त्रण फोकल पर्सन निमप्रसाद गीरीले बताउनुभयो । उहाँकाअनुसार जिल्लामा खोप लगाउने लक्षित जनसंख्या ४५ हजार ३ सय ६९ हो । अहिलेसम्म ३३ हजार ५ सय ५१ जना अर्थात ७३ प्रतिशतले कोभिड विरुद्धको पहिलो डोज लगाएका छन् भने २९ हजार ५ सय १ जना अर्थात ६५.०२ प्रतिशतले दोस्रो मात्रा लगाएका छन् ।

अहिले तुलनात्मक हिसाबले अन्य गाउँपालिका भन्दा पुथाउत्तरगंगा गाउँपालिकाका मासिनहरुले खोपमा चासो देखाएका छैनन् । कोरोना फोकल पर्सन गीरीकाअनुसार पुथाउत्तरगंगा गाउँपालिकामा ९ हजार १ सय ६४ जनाले खोपको पहिलो मात्रा लगाएका छन् भने ८ हजार १ सय ३० जनाले दोस्रो मात्रा लगाएका छन् । त्यहाँको खोप लगाउने लक्षित जनसंख्या १५ हजार ४ सय ८७ हो ।

भूमे गाउँपालिकामा ११ हजार ९ सय ८२ जनाले पहिलो मात्राको खोप लगाएका छन् भने १० हजार ४ सय ३० जनाले दोस्रो मात्राको खोप लगाएका छन् । त्यहाँको लक्षित जनसंख्या १८ हजार ८ सय १३ हो । सिस्ने गाउँपालिकाका १२ हजार ४ सय ५ जनाले पहिलो मात्रा लगाएका छन् भने १० हजार ९ सय ८२ जनाले दोस्रो मात्राको खोप लगाएको स्वास्थ्य कार्यालयले जनाएको छ । यस गाउँपालिकाको लक्षित जनसंख्या १४ हजार ६८ हो ।

पहिले कत्तिपनी खोप नलगाएका, दोस्रो मात्रा छुटेका र बुस्टर डोज खोप लगाउने कार्य अहिले चलिरहेको छ । सिस्ने गाउँपालिकामा स्वास्थ्य कार्यालयबाट र भूमेमा गाउँपालिका केन्द्र खाबाङबाट खोप अभियान चलिरहेको छ । पुथाउत्तरगंगामा खोप पठाएपनि मानिस नआउदा खोप कार्यक्रम सञ्चालन हुन नसकेको फोकल पर्सन गीरीले बताउनुभयो । मानिसले कोभिडलाई सामान्य रुपमा लिदा खोपप्रतीको चासो कम देखिएको पाइएको छ । अहिले जिल्लामा मात्रै २ हजार २ सय डोज कोभिडको खोप मौज्दात रहेको स्वास्थ्य कार्यालय रुकुम (पूर्व) ले जनाएको छ ।