रुकुम (पूर्व) मा आज फागुन १ गते विभिन्न कार्यक्रम गरि २७ औ जनयुद्ध दिवस मनाइदैँ छ । सशस्त्र जनयुद्धको थालनी भएको दिन अर्थात फागुन १ गतेको दिनलाई नेकपा माओवादी केन्द्र र माओवादीबाट छुट्टिएर बनेका अन्य दलहरुले विशेष रुपमा मनाउने गरेका छन् । त्यसैअनुसार रुकुम (पूर्व) को तीन वटै पालिकामा विभिन्न कार्यक्रम गरि जनयुद्ध दिवस मनाउन लागिएको हो ।

नेकपा माओवादी केन्द्र सिस्ने गाउँ कमीटीले आज बिहान ९ बजे चियापान तथा शुभकामना आदानप्रदान गरेर मनाउने भएको छ । यस्तै सिस्ने ५ नम्बर वडा पार्टीले जनयुद्ध दिवसकै अवसर पारेर १२ बजे खेलकुद प्रतियोगिताको उद्धघाटन गर्ने भएको छ । जनयुद्ध दिवसको अवसर पारेर सिस्ने ३ मा वडा पार्टी कार्यालय उद्धघाटन गरिने छ । ६ नम्बर वडा पार्टीले दिपावली गर्ने भएको छ । अन्य वडामा भने सुभकामना आदानप्रदान गरी जनयुद्ध दिवस मनाउने पार्टी गाउँपालिका इन्चार्ज एवम् प्रदेश कमीटी सदस्य कृष्ण रेग्मिले जानकारी दिनुभयो ।

भूमे गाउँकमीटीले दिप प्रज्वलन, ब्यानर तथा झण्डा गाडेर, अन्तरक्रिया तथा सुभकामना आदानप्रदान गरेर जनयुद्ध दिवस मनाउने गाउँकमीटीका अध्यक्ष रुपधन कामीले जानकारी दिनुभयो । पुथाउत्तरगंगामा भने गाउँपालिका सरकारले सहिद परिवार घाइते, अपाङलाई सम्मान गरि जनयुद्ध दिवस मनाउन लागिएको छ । जिल्लाका सबै वडामा चियापान तथा शुभकामना आदानप्रदान गरेर जनयुद्ध दिवस मनाउन लागिएको छ ।

माओवादीले १० वर्षे सशस्त्र युद्ध सुरु गरेको दिनको सम्झनामा हरेक वर्ष फागुन १ गते जनयुद्ध दिवस मनाउने गर्दछ ।