रुकुम(पूर्व) मा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनीयन(अनेरास्ववियू क्रान्तिकारी) को तेस्रो बैठक सम्पन्न भएको छ । बैठकले तीन वटै गाउँपालिकामा विद्यार्थीको संयोजक र सहसंयोजक तोकेको छ । सिस्ने गाउँपालिकामा अनेरास्ववियू क्रान्तिकारीको संयोजकको जिम्मेवारी जयकुमार श्रेष्ठ सोहेललाई दिइएको छ । अमर खत्री, प्रदिपकुमार कामी र पुजन खड्कालाई सहसंयोजकको जिम्मेवारी दिइएको छ ।
यस्तै भूमे गाउँपालिकामा रुपक कामीलाई संयोजकको जिम्मेवारी दिइएको छ भने पहल बुढा, रोशनी रोका र वचन रोकालाई सहसंयोजकको जिम्मेवारी दिइएको छ । यस्तै पुथाउत्तरगंगा गाउँपालिकामा यूविक विक विकलाई संयोजकको जिम्मेवारी दिइएको छ । एक जना पछि थप्नेगरी शुसान्त मल्ल र विमला विकलाई सहसंयोजकको जिम्मेवारी दिइएको छ ।
बैठकले विद्यालय जाऔ भन्ने अभियानमार्फत प्रत्येक विद्यालयमा मावि मुल एकाई समिति निर्माण गर्ने निर्णय गरेको अनेरास्ववियू क्रान्तिकारी रुकुम(पूर्व) ले बताएको छ । अनेरास्ववियू क्रान्तिकारीका केन्द्रिय सदस्य एवम् जिल्ला अध्यक्ष रेवन खड्काको अध्यक्षतामा बसेको बैठकमा नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश समिति सदस्य एवम् जिल्ला समनवय समिति संयोजक मेघबहादुर श्रेष्ठ, प्रदेश समिति सदस्य कृष्ण रेग्मि, विद्यार्थीका फ्याक्सन इन्चार्ज जिवन केसी, अनेरास्ववियू क्रान्तिकारीका लुम्बिनी प्रदेश उपाध्यक्ष रुपेन्द्र मल्ललगाएतको आतीथ्यता रहेको थियो ।
कार्यक्रमको सञ्चालन अनेरास्ववियू क्रान्तिकारीका जिल्ला सचिव चन्द्र रसाईलीले गर्नुभएको थियो ।