लैगिंक समानताको कुरा कानुनमा व्यवस्था गएिपनि यसको कार्यान्वयन हुन नसकेको लुम्बिनी प्रदेश सासंद एवम् भौतीक पूर्वाधार विकास समिति सभापती आशा स्वर्णकारले बताउनुभएको छ । ११२ औ अन्तराष्ट्रिय नारि दिवसको अवसरमा छिप्रीदहमा आयोजना गरिएको कार्यक्रमलाई संबोधन गर्दै सासंद स्वर्णकारले यस्तो बताउनुभएको हो ।

समय बदलिदै जादा केहि कुराहरु बदलिएपनि नारिलाई हेर्ने दृष्टिकोण र व्यवहारमा पूर्ण रुपले परिवर्तन ल्याउन नसकेको उहाँले बताउनुभयो । नेपालमा राष्ट्रपती, सभामुख महिला भएको र विभिन्न गाउँ नगरपालिकामा पनि महिलाको नेतृत्व भएको बताउदै सासंद स्वर्णकारले यती मात्र पर्याप्त नभएको बताउनुभयो । आफ्नो अधिकारको लागि महिला अझै पनि खुलेर मैदानमा उत्रन नसकेको बताउदै उहाँले हेपिएर, थिचिएर, दबिएर बस्ने संस्कार नराम्रो भएको बताउनुभयो ।

नीति निर्माण महिलामैत्री भएपनि व्यवहारमा कार्यान्वयन गर्न नसक्दा समस्या भएको उहाँको भनाई छ । यस्तै कार्यक्रममा बोल्दै सिस्ने गाउँपालिका अध्यक्ष कुमारी बरालले महिलामाथी, आर्थिक, सामाजिक, राजनितीकलगाएतका सबै क्षेत्रमा हिंसा हुने गरेको बताउनुभयो । पृतीसतात्मक सोचलाई परिवर्तन गर्न नसक्दा पुरुषबाट मात्र नभएर महिलाबाटै महिला हिसांमा पर्ने गरेको बताउदै अध्यक्ष बरालले यस्ता कुराको अन्त्यको लागि स्थानीय सरकारबाट विभिन्न प्रयासहरु भएको बताउनुभयो ।

उहाँले लैगिक विभेद अन्त्यकै लागि भनेर गाउँपालिकामा छोरी बिमा कार्यक्रम सञ्चालन गरिरहेको बताउनुभयो । श्रीमान श्रीमती र सासुसँग बुहारीलगाएतका कार्यक्रममार्फत हिंसाको विरुद्धमा सचेतना फैलाइरहेको बताउनुभयो । महिलाहरु पनि पुरानै सोचबाट गुज्रिरहदा हिंसाको विरुद्धमा आवाज उठाउन नसकिरहेको भनाई उहाँको थियो । महिला शिक्षीत भए मात्र परिवार शिक्षित हुने भन्दै अध्यक्ष बरालले महिलाले नेतृत्व गरेको ठाउँमा विकास निर्माणको कामकाजदेखि लिएर शुशासन र पारदर्शीता पनि कायम रहेको अधयक्ष बरालले बताउनुभयो ।

कार्यक्रमलाई संबोधन गर्ने वक्ताहरुले एक दिन मात्र नारि दिवस मनाएर महिलाका समस्या, दुख पिडाहरु संबोधन गर्न नसकिने बताएका छन् । नेपाली समाजका महिलाहरु आफै पनि पुरानो सोचलाई त्यागेर अघि बढ्नुपर्ने र पुरुषले पनि महिलालाई कमजोर नठानेर काधमा काध जोडेर अघि बढ्ने हो भने महिला पुरुषबिचको विभेद अन्त्य हुने भनाई वक्ताहरुले राखेका थिए ।