हिकमत प्रोतेल
रुकुम(पूर्व) को पुथाउत्तरगंगा गाउँपालिका १२ कोलमा आज नेकपा माओवादी केन्द्रको अन्तरक्रिया तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ । नेकपा माओवादी केन्द्र १२ नम्बर वडाध्यक्ष ताराप्रसाद रसाइलीको अध्यक्षतामा अन्तरक्रिया तथा भेटघाट कार्यक्रम सम्पन्न भएको हो ।
अन्तरक्रिया कार्यक्रममा नेकपा माओवादी केन्द्र पुथाउत्तरगंगा गाउँपालिका कमिटी सचिव भिमबहादुर मल्लले केन्द्रीय सर्कुलर प्रस्तुत गर्नुभयो । अन्तरक्रिया कार्यक्रममा नेकपा माओवादी केन्द्र प्रदेश कमिटी सदस्य तथा गाउँपालिका इन्चार्ज जिताराम कामीले सबै कार्यकर्तालाई विचलित नभइ सक्रिय रुपमा चुनावी मैदानमा जान र नेतृत्वबाट कुनै गल्ती भएको भए त्यस्ता समस्या कमिटी भित्र नै राखी समस्या समाधानको लागि सुझाव दिन अपिल गर्नु भयो ।
नेकपा माओवादी केन्द्र पुथाउत्तरगंगा उपाध्यक्ष गंगाबहादुर पुनले माथिको नेतृत्व सहि नभए जनस्तरका कार्यकर्तालाई असहज हुने बताउनुभयो । त्यस्तै सदरमुकाम विवादलाई पनि अन्य पार्टीले चुनावी एजेण्डा बनाएको बताउदै उहाँले कोही कसैलाई भ्रमित नहुन आग्रह गर्नुभयो । उपाध्यक्ष बुढाले नेपाली काङ्ग्रेसले चाहादा मात्र सदरमुकाम गोलखाडा आउने भए देउवा प्रधानमन्त्री भएको यत्रो समयसम्म किन सदरमुकाम नआएकोत भन्दै जनतालाई काङ्ग्रेसको चुनावी एजेन्डामा भ्रमित नहुन अपिल गर्नु भयो ।
अन्तरक्रिया तथा भेटघाट कार्यक्रमले संगठन सुदृढीकरण तथा विस्तार तथा चुनावी बाताबरण लगायतका विषयमा पनि छलफल गरि निर्णय गरेको छ । अन्तरक्रिया कार्यक्रममा गाउँपालिका इन्चार्ज कामीको प्रमुख तथा नेकपा माओवादी केन्द्रका प्रदेश प्रतिनिधि दिपेन्द्र छन्त्यालको विशेष आतीथ्यता रहेको थियो । त्यस्तै नेकपा माओवादी केन्द्र पुथाउत्तरगंगा गाउँपालिकाका उपाध्यक्ष जनक छन्त्याल, दिलुकुमारी बुढा, गंगाबहादुर पुन, सचिव भिमबहादुर मल्ल, गाउँसमिति सदस्य ओमकुमारी शाही लगाएतको आतीथ्यता रहेको थियो ।
कार्यक्रमको सञ्चालन पार्टी वडा नम्बर १२ का सचिव मन्जित पुनले गर्नु भएको थियो ।