नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य एवम् वाइसियल केन्द्रिय सहसंयोजक सुबोधराज शेर्पालीले जनवर्गिय संगठन बलियो भएमात्र पार्टी बलियो हुने बताउनुभएको छ । नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति रुकुम(पूर्व) ले तकसेरामा अयोजना गरेको जवस मोर्चा तथा पेशागत संगठनको संयुक्त भेला तथा प्रशिक्षण कार्यक्रमलाई संबोधन गर्दै नेता शेर्पालीले जनवर्गिय संगठनलाई बलियो बनाउन सके मात्र पार्टी बलियो हुने बताउनुभयो ।

स्थानीय तहको चुनाव नजिकै आएको बेलामा जनयुद्धको आधार इलाका रुकुम(पूर्व) मा फेरी पनि माओवादी केन्द्रले जित्नुपर्ने भनाई उहाँले राख्नुभएको थियो । अबको चुनावमा जित्न समयको उचित व्यवस्थापन गरेर अभियानमा लाग्न पनि नेता कार्यकर्तालाई उहाँले निर्देशन दिनुभयो । अबको चुनावमा मतदाता रक्षा, शिक्षा र उनिहरुको सुरक्षाको जिम्मा पनि वाइसियलले लिनुपर्ने नेता शेर्पालीले बताउनुभयो । चुनावी प्रचार प्रसारलाई व्यवस्थित पनि वाइसियल नेतृत्वमा हुनुपर्नेमा नेता शेर्पालीले जोड दिनुभयो ।

गएको स्थाीय तहमा नेकपा माओवादी केन्द्रबाट प्रतीनिधित्व गरेर स्थानीय सरकारमा गएकाहरुले उत्कृष्ट काम गरेको बताउदै नेता शेर्पालीले आगामी स्थानीय तहको चुनावमा पनि माओवादी केन्द्रलाई विजयी बनाउन आग्रह गर्नुभयो । यस्ता कामहरु जनताको माझमा लैजान आवश्यक रहेको भनाई उहाँको छ । रुकुम(पूर्व) को तीन वटै पालिका र ३१ वटै वडामा माओवादी केन्द्रलाई हार्ने छुट नभएको पनि नेता शेर्पालीले बताउनुभएको छ ।

प्राविधिक कारणले गएको स्थानीय तहमा गुम्न पुगेका केहि वडाहरुमा जित्नेगरी लाग्नुपर्नेमा उहाँले जोड दिनुभएको छ । नेता शेर्पालीले भन्नुभयो, “सहिद परिवारलाई मासिक तीन हजारको भत्ताको व्यवस्था, दिर्घरोगीलाई मासिक पाँच हजार भत्ता दिने व्यवस्था पनि माओवादी केन्द्रकै मन्त्रि सरकारमा हुदा व्यवस्था गरियो । माओवादी केन्द्र सरकारमा हुदा ज्येष्ठ नागरिकको भत्ता बढाइएको छ । आन्तरिक शक्तिमा विश्वास गरेर स्थानीय तह, प्रदेश र संघमा एक छत्र जित्नेगरी तपाई हामी सबै लाग्नुपर्छ ।”