नेकपा माओवादी केन्द्र रुकुम(पूर्व) ले पार्टीको निर्णय विपरित गएको भन्दै जयबहादुर मल्ललाई कारबाहि गरेको छ । आगामी वैशाख ३० मा हुन लागेको स्थानीय तहको चुनावमा पार्टीको निर्णय विपरित स्वतन्त्र उम्मेद्वारी दिएको भन्दै पार्टी प्रदेश सल्लाहकार समिति सदस्य समेत रहनुभएका मल्ललाई पार्टीको साधारण सदस्य समेत नरहने गरि कारबाही गरिएको छ ।

मल्लले सिस्ने गाउँपालिका वडा नम्बर ५ मा वडाध्यक्षको लागि स्वतन्त्र उम्मेद्वारी दिनुभएको छ । पार्टीले प्रकाश कार्कीलाई वडाध्यक्षको लागि अघि सारेको छ । स्वतन्त्र उम्मेद्वारी दिनुभएका मल्ललाई पटक पटक उम्मेद्वारी फिर्ता लिन आग्रह गरेपनि पार्टीको हित र निर्णय विपरित कार्य गरेको भन्दै मल्ललाई साधारण सदस्य समेत नरहने गरि कार्बाही गरिएको नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य एवम् जिल्ला इन्चार्ज तेजबहादुर ओलीले जानकारी दिनुभयो ।