बिक्रम परियार/रुकुम(पूुर्व)


वैशख ३० गते हुन लागेको स्थानिय तह निर्वाचनका लागि जनता समाजवादी पार्टी नेपाल रुकुम(पूर्व) पुथा उत्तरगंगा गाउँपालिकाले घोषणापत्र सार्वजनिक गरेको छ । जनता समाजवादी पार्टी नेपाल (जसपा) को तर्फबाट पुथा उत्तरगंगा गाउँपालिका अध्यक्षका लागि राखिमान घर्तीले उम्मेद्धारी दिनुभएको छ । यसै सन्र्दभमा पुथा उत्तरगंगा गाउँपालिकाको चुनाव प्रचारप्रसार समितीले पालिकाको घोषणापत्र सार्वजनिक गरेको जसपा पुथाउत्तरगंगा गाउँपालिकाले जनाएको छ ।

घोषणापत्रमा शिक्षा, स्वास्थ्थ, कृषि, भूमि र रोजगारलाई प्राथामिकतामा राखिएको छ । घोषणापत्रका अनुसार पुथा उत्तरगंगा गाउँपालिका भित्रका सबै विद्यालयहरुमा भौतिक तथा शैक्षिक अवस्थालाइ गुणात्मक सुधार गर्दै मावि तहसम्म पूर्ण रुपमा निशुल्क र उच्च शिक्षालाई रोजगारमूलक बनाइने उल्लेख गरिएको छ । साथै पालिकाभित्रका वर्ग, जाति, क्षेत्र, लिंग र समुदायबाट विशेष क्षमता भएका जेहेन्दार बिद्यार्थिलाई छनोेट गरी ५ बर्षभित्र जनशक्ति निर्माण गरी बिदेशमा उच्च शिक्षा अध्यनका लागि पठाइने कुरा उल्लेख गरिएको छ ।

यस्तै भौतिक पूर्वाधार विकास सम्बन्धि, वन तथा बातावरण सम्बन्धि “वन हाम्रो अमूल्य धन, स्वच्छ बातावरण खुसि जिवन” भन्ने नारामा केन्द्रित रहने बताइएको छ । यसैगरी गाउँपालिका भित्रको पर्यटन गौरव आयोजना समन्धि ग्रामिण पर्यटनको बिकास, आर्थिक समृद्धिको अभ्यास गरिने कुरा पनि उल्लेख गरिएको छ । युवा तथा खेलकुदमा खेलकुद क्षेत्रको विकासको लागि युवा समाज परिर्वतनको अगुवा गर्ने लक्ष्य लिएको छ । यतिमात्र नभइ लक्षित वर्ग शिल्पि समुदाय दलित, मंगोल, जनजाति, खस आर्य, महिला, बालवालिका, अपांग, जेष्ठ नागरिक सम्बन्धि विभिन्न योजना पनि घोषणापत्रमा समेटिएको छ ।

सहकारी उद्योग, धर्म, संस्कृति, कला, साहित्यलाई संरक्षण र सम्वद्र्धन गर्ने भनिएको छ । जनयुद्धका घाइत,े अपांग, बेपत्ता र द्धोन्द्धपीडितहरुका लागि उचित प्याकेजका कार्यक्रम सञ्चालन गरिने भनिएको छ । साथै आधुनिक सुचना सञ्चार प्रविधिको सदुपयोग गरी सामाजिक विकास समृद्धिको उपयोग गर्नुका साथै स्थानिय तहमा सुशासन उत्तरदायि प्रशासनको स्थापित गर्ने घोषणा पत्रमा उल्लेख गरिएको छ ।