रुकुम(पूर्व) को भूमे गाउँपलिकामा तेस्रो भूमे कप २०२२ सञ्चालन हुने भएको छ । गाउँपालिकाको वडा नम्बर ६ महतमा रहेको रंगशालामा तेस्रो भूमे कप सञ्चालन हुन लागेको हो । भूमे कप २८, २९ र ३० गते तीन दिनसम्म सञ्चालन हुने युवा विकास केन्द्र भूमे गाउँपलिकाका संयोजक सुनिल रोकामगरले बताउनुभयो । युवा विकास केन्द्रकै आयोजनामा तेस्रो भूमे कप सञ्चालन हुँदै छ ।
तेस्रो भूमे कप अर्थात भलिबल प्रतियोगितामा महिला पुरुष दुवैतर्फ विजयी हुने खेलाडीलाई पुरस्कार राशी समान राखिएको छ । युवा विकास केन्द्रका संयोेजक रोकाकाअनुसार महिला पुरुष दुवै खेलमा विजेता समुहलाई एकएक लाख र उपविजेता हुुने समुहलाई ६५÷६५ हजार पुरस्कार प्रदान गरिने छ भने तेस्रो हुने समुहलाई ३०÷३० हजार पुरस्कार प्रदान गरिने छ ।
प्रतियोगितामा भाग लिने खेलाडीहरुले यहि जेठ २६ गतेभित्र नाम दर्ता गराइसक्नुपर्ने छ भने २७ गते दर्ता खेलाडी समुहको नाम सार्वजनिक गरिने आयोजकले जनाएको छ । २८ गते बिहान ९ बजेबाट खेल सुरु हुने बताइएको छ ।