रुकुम(पूर्व) को सिस्ने गाउँपालिकाले शिक्षालाई पहिलो प्राथमिकतामा राखी आगामी आर्थिक वर्षको नीति कार्यक्रम ल्याउदै छ । यहि आसार ९ गते आगामी आर्थिक वर्ष २०७९÷८० को नीति कार्यक्रम गाउँसभामा पेश गर्ने तयारी गरेको गाउँपालिकाले पहिलो प्राथमिकतामा शिक्षालाई राखेर नीति कार्यक्रम पेश गर्ने तयारी गरेको गाउँपालिका अध्यक्ष कृष्ण रेग्मिले बताउनुभयो ।

शिक्षा विकासको पूर्वाधारको पनि मुख्य पूर्वाधार रहेकाले शिक्षालाई नै पहिलो प्राथमिकतामा राखेर नीति कार्यक्रम ल्याउन लागेको अध्यक्ष रेग्मिको भनाई छ । यस्तै उहाँकाअनुसार क्रमशः कृषि स्वास्थ्य र पूर्वाधारलाई प्राथमिकतामा राखेर नीति कार्यक्रम ल्याउने तयारी गरिएको छ । रुकुम(पूर्व) लाई अर्गानीक जिल्ला घोषणा गरिएको कारण अर्गानीक र यहाँको हावा, पानी र माटो सुहाउदो कृषिका कार्यक्रमलाई समेटेर नीति कार्याक्रम ल्याइदै छ ।

सिस्ने गाउँपालिकाले यहि असार ९ गते गाउँसभामा आगामी आर्थिक वर्षको नीति कार्यक्रम पेश गर्ने तयारी गरेको छ भने १० गते बजेट पेश गर्ने गाउँपालिका अध्यक्ष रेग्मिले बताउनुभएको छ ।