रुकुम(पूर्व) को भूमे गाउँपालिकाको विभिन्न ठाउँमा यूनाइटेड मिसन टु नेपाल रुकुम(पूर्व) कलष्टर र साझेदारी संस्थाहरुले सञ्चालन गरेका योजनाहरुको अनुगमन गरिएको छ । यूएमएनको आर्थिक सहयोगमा मिक नेपाल र नेपाल जनजागरण मञ्चले सञ्चालन गरेको विभिन्न कामहरुको जिल्लास्तरीय संयुक्त अनुगमण टोलीद्धारा अनुगमण गरिएको हो ।

शुक्रबार पुथा उत्तरगंगा गाउँपालिकाको १० र ११ नम्बर वडाको विभिन्न ठाउँमा सञ्चालन गरिएका कार्यहरुको अनुगमण गरेको उक्त टोलीले शनिबार भूमे गाउँपालिकाको २ र ७ मा गरिएको कामको अनुगमण गरिएको हो । २ नम्बर वडाको काँक्रि स्वास्थ्यचौकी र ७ नम्बर वडाको धर्मशाला सामुदायिक स्वास्थ्य इकाईमा नेपाल जनजागरण मञ्चको सामुदायिक रुपान्तरण परियोजना(प्रो याक्ट) मार्फत वितरण गरिएका सामाग्रीको अनुगमण र त्यसको प्रभावकारिताको विषयमा छलफल गरिएको छ ।

प्रो याक्ट मार्फत काँक्रि स्वास्थ्यचौकीमा बर्थिङ सेन्टरमा चाहिने सामाग्री वितरण गर्नेदेखि लिएर फोहोर व्यवस्थापनको लागि खाडल निर्माण र कोभिडको बेलामा आवश्यक सामाग्री वितरण गर्नुका साथै स्वास्थ्यकर्मीलाई आवश्यकताअनुसारको तालिम प्रदान गरिएको नेपाल जनजागरण मञ्चका कार्यकारी निर्देशक सम्भु विसीले जानकारी गराउनुभयो । यस्तै धर्मशाला सामुदायिक स्वास्थ्य इकाईमा पनि फोहोर व्यवस्थापनको लागि खाडल निर्माणसँगै बर्थिङ सेन्टरका सामाग्री, मानसिक स्वास्थ्य उपचार सम्बन्धिलगाएत अन्य तालिमको व्यवस्था गरिदिएको उहाँले बताउनभयो ।

प्रो याक्ट परियोजनामार्फत गरिएको सहयोगले बिरामीको स्वास्थ्य उपचारमा धेरै सजिलो भएको स्वास्थ्यकर्मीहरुले बताएका छन् । उनिहरुले स्वास्थ्य संस्थामा देखिएका समस्याहरु पनि राखेर समाधानको पहल गरिदिन सम्बन्धित सरोकारवालालाई आग्रह गरेका छन् । अहिले अनुगमण गरिएका स्वास्थ्य संस्थामा पूर्वाधार अभावको समस्या बढी देखिएको छ भने त्यस भित्र स्रोत साधन अभावदेखि लिएर अन्य थुप्रै समस्याहरु पनि रहेका छन् ।

अनुगमणपश्चात बोल्दै जिल्ला समन्वय समिति रुकुम(पूर्व) का प्रमुख मेघबहादुर श्रेष्ठ र भूमे गाउँपालिका अध्यक्ष होमप्रकाश श्रेष्ठले सरकारको लक्षलाई पुरा गर्नको लागि सहयोगी हात लिएर इट्टा थप्ने काम गरेको भन्दै यूएमएन र यसका साझेदार निकायलाई धन्यवाद दिनुभएको छ । गैरसरकारी संघसंस्थाको साथले गर्दा आफुहरुलाई काम गर्न पनि सजिलो भएको उहाँहरुको भनाई छ । आगामी दिनमा पनि यस्तै कामलाई निरन्तरता दिन र यसमा स्थानीय सरकार, समन्वय समितिले समन्वय सहकार्य गर्ने प्रतिबद्धता उहाँहरुले जनाउनुभएको छ ।

अनुगमणमा जिल्ला समन्वय समितिका प्रमुख मेघबहादुर श्रेष्ठ, भूमे गाउँपालिका अध्यक्ष होमप्रकाश क्षेष्ठ, सहायक प्रमुख जिल्ला अधिकारी हिरालाल आचार्य, अनुसन्धानका डिएसपी संजिव चौधरी, भूमे गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत चन्द्रसिंह श्रेष्ठ, भूमे ७ का वडाध्यक्ष संगम रोका, डिभिजन वन कार्यालयका प्रमुख जितेन्द्रसिंह खड्का, प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, परियोजना कार्याव्यन इकाई रुकुम(पूर्व)÷रोल्पा कार्यालयका प्रमुख मित्रलाल पौडेल, एकीकृत कृषि तथा पशुपन्छि विकास कार्यालयका प्रमुख पिताम्बर बस्नेत, स्वास्थ्य कार्यालयका प्रमुख नारायण चौधरी, युनाइटेड मिसन टु नेपाल रुकुम(पूर्व) कलष्टरका टोली प्रमुख शिव प्रसाद अधिकारी, नेपाल जनजागरण मञ्चका अध्यक्ष टेक कुसारीलगाएतको उपस्थिती रहेको थियो ।

अनुगमणका अन्य कार्यालयका प्रमुख एवम् प्रतिनिधि, यूएमएन र यसका सझेदार निकायका प्रमुख एवम् प्रतिनिधि, पत्रकारलगाएतको पनि उपस्थिती रहेको थियो ।