निराजन सिर्पाली
रुकुम पूर्व । सिस्ने गाउँपालिकाले अवरुद्ध भएका ग्रामिण सडक खुलाउने कामलाई तीव्रता दिइएको छ । केहि दिनअघि लगातार एक हप्तासम्म परेको झरिका कारण विभिन्न वडामा अबरुद्ध भएका सडक गाउँपालिकाले खुलाई रहेको छ ।
सोहि क्रममा गाउँपालिका केन्द्र रुकुमकोट देखि ४ नम्बर वडाको दादिङसम्म जोड्ने सडक मर्मत गरिएको छ । लगातारको पानिले सडक माथिबाट पहिरो र सडक तलको जमिन भासिदा अबरुद्ध बनेको सडक गाउँपालिकाको जेसिवीले खुलाएको छ ।
जेसिबीले शुक्रबार र शनिवार रुकुमकोट धाउने, भिङ पुरानो ढाका, नयाँ ढाका हुदँै दादिङसम्म जोडने बाटो मर्मत गरेको हो ।
सडक अबरुद्ध हुदाँ ढाका, दादिङ र छिपखोलाका नागरिकलाई चाडपर्वको समयमा विभिन्न सामानहरु गाउँ लैजान र सदरमुकाम आउन समस्या भइरहेको थियो । यति मात्र नभएर बिरामीहरुलाई अस्पतालसम्म पुर्याउन थप सकस थियो । सडक मर्मत पछि उक्त समस्या समाधान भएको छ ।
गाउँपालिकाले सडक सुचारु गरेपछि स्थानियहरु खुसी भएका छन । स्थानीय सरकारले राम्रो काम गरेको स्थानिय लालबहादुर थापाले बताए । बार्खाको समयमा पानीले पारेको खाल्डाखुडी, ढुङगा र माटोका कारण बाटो साघुरो थियो थापाले भने त्यसले गर्दा दुर्घटनाको जोखिम पनि बढेको थियो । गाउँपालिकाले बाटो सफा गरेको छ उनले भने हामि खुसी छौ ।
बाटो मर्मत तथा सफा गर्ने कार्यमा वडा अध्यक्ष दलराज घर्तीले सहजिकरण गरेका थिए ।