२०७४ सालको प्रदेशसभाको निर्वाचनमा रुकुम(पूर्व) को १ नम्बर निर्वाचन क्षेत्रबाट उम्मेद्वार बनी विजयी हुनुभएका तेजबहादुर ओलीले गरेका मुख्यमुख्य कामहरु निम्न छन् ः
—प्रदेशसभाका विभिन्न समितिमा रहेर नीति निर्माण, कानुन निर्माण, राजधानी व्यवस्थापन लगाएत जिल्लाका समसामयिक विषयहरुमा सरकारको ध्यानाकर्षण गर्ने कार्यमा महत्वपूर्ण भूमिका रह्यो ।
—विकास निर्माणको क्षेत्रमा तकसेरा पर्यटन गन्तव्य, भूमे बहुप्राविधिक शिक्षालय, महत, हुकाम, कोललगाएतका गाउँमा एकिकृत बस्ति विकासका ठुला योजना निर्माण गरिएको छ । ती योजना क्रमागत रुपमा अहिलेपनि सञ्चालनमा छन् ।
—पुथा उत्तरगंगा गाउँपालिका ८ रिबाङचौरमा रहेको जनसहयोग माध्यामिक विद्यालयलाई पहिलो वर्षमै नमुना विद्यालयको रुपमा छनोट गरि आवश्यक बजेटको व्यवस्थापन गरिएको थियो ।
—जिल्लामा रहेका धेरैजसो विद्यालयहरुमा विद्यालय भवन, खेल मैदान घेरबार, चर्पी, खानेपानी, खेलकुद सामाग्री, विज्ञान प्रयोगशाला, कम्यूटर ल्याब लगाएतका योजनाहरमा बजेट व्यवस्थापन गरि भौतीक पूर्वाधारको सुधार र शैक्षिक गुणस्तर विकासमा विशेष पहल गरिएको छ ।
—सडक पूर्वाधारतर्फ क्याुबाङचौर–कोल–राङ्सी–जामाबगर सडक, नायगाड–चारगाउँ–अर्जल–रन्मामैकोट सडक, चुनबाङ–महत–खाबाङ बगर सडक, खाबाङ बगर–झुम्लाबाङ–राङ्सी सडक, रिका–लुकुम–गुनाम–थबाङ सडक, ओख्मा–त्रिवेणी सडक, पद्मी–त्रिवेणी सडक, त्रिवेणी–जाङ सडक, कासतारा–चारगाउँ–चुम सडक, महत–तमारी–कोर्जानेटा सडक, गरघाट–मैकोट सडक, गरघाट–रन्मा सडक, डिम्मुरगैरा–खाराबाङ सडक लगाएतका सडकहरुमा बजेटको पहल गरिएको र हाल क्रमागत रुपमा ती सडकहरुको निर्माण कार्य जारी छ ।
—सिंचाइ योजना अन्तर्गत महत लिफ्ट सिंचाई आयोजना, मोराबाङ लिफ्ट सिंचाई, सलेप खोला पेल्मा सिंचाई, चारगाउँ लगाएतका सिंचाइ योजना निर्माण गरिएको छ ।
—राङ्सी, नरसिंहगाड तकसेरा, सेराबालुवा, घुम्लिबाङ, मयाङ खोला, लुकुम खोला, धरमशाला, जुगेपानी, सिमा लगाएतका स्थानमा नदि नियन्त्रण र पहिरो नियन्त्रणका योजनाहरु सम्पन्न भएका छन् । खानेपानी अन्तर्गत एक घर एक धारा लगाएतका योजनाहरु निर्माण भइरहेका छन् । यस्तै दर्जनौ मुहान संरक्षण, पाखरी निर्माणको काम पनि गरिएको छ ।
—डिम्मुरगैरा, पेल्मा लगाएतका तातोपानी मुहान संरक्षण, विभिन्न क्षेत्रमा पर्यटन पदमार्ग निर्माण, झोलुङ्गे पुल निर्माण, खाबाङ बगर, थबाङ खोला, धरमशाला, कास्तारा लगाएतका नदिहरुमा मोटरेबल पुल निर्माण भएका छन् । कतीपय ठाउँमा ठेक्का प्रक्रियामा रहेका र कतीपय ठाउँमा डिपिआरको क्रममा रहेका छन् ।
—कृषि क्षेत्रमा लुकुममा भेडा स्मार्ट कार्यक्रम, कोलमा बंगुर स्मार्ट गाउँ, तकसेरामा भेडा स्रोतकेन्द्रको पहल गरियो ।
—हाल पुथा उत्तरगंगा गाउँपालिकामा जडिबुटी उद्यान केन्द्र, यार्सा संरक्षण कार्यक्रम, राडिपाखी÷गलैचाँ उद्योग अनुदान, रन्मा, मयाङ, राङसी लगाएतका ठाउँमा बस्ति विकासका योजना, खाबाङ बगर र तकसेरामा साना शहरी विकास कार्यक्रमहरु बजेट बिनियोजन भइसकेको र निर्माण कार्य सुरु गर्ने प्रक्रियामा रहेको छ ।
—डिम्मुरगैरा, नयाँ बजार, खाराबाङमा सामुदायिक सभाहल निर्माणको योजना, तकसेरामा मगर संग्राहलय, सामुदायिक पाहुँना घर, लुकुममा मगर सांस्कृतीक संग्राहलय लगाएतका योजनाहरु निर्माण भइरहेको ओलीले बताउनुभएको छ ।
तेजबहादुर ओली आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचनमा रुकुम(पूर्व) को निर्वाचन क्षेत्र नम्बर १ बाट प्रदेशसभा सदस्यको उम्मेद्वार हुनुहुन्छ ।