
रुकुम पुर्व: टेलीफोनबाट बन्चित रहेको खोपिचार अब सञ्चार सेवामा जोडिने भएको छ । सूचना सन्देश दिन र लिन डाडाकाडा धाउने खोपिचारबासिले तत्काल टेलिफोन सेवा पाउने भएका छन ।
प्रतिनिधि सभा सदस्य पदका साझा उम्मेदवार पुर्ण घर्तीले चुनाव लगतै खोपिचारलाइ सञ्चार सेवामा जोडने प्रतिबद्धता जनाएका छन । सोमबार सिस्ने गाउँपालिका ६ खोपिचारका मतदातासंग भेटघाट गर्न लुम्बिनी प्रदेशका संस्थापक सभामुख समेत रहेका घर्ती खोपिचार पुगेका थिए ।
खोपिचारको विकास निर्माणको अवस्था र मतदाताको गुनासा सुन्न खोपिचार पुगेका घर्ती समक्ष स्थानीयले सञ्चारको माग राखेका थिए ।
यस्तै घर्ती समक्ष त्यहाँका नागरिकले सडक बिस्तार र सडक स्तरोन्नति, खानेपानी, गोरेटो बाटो र रोजगारीको माग पनि राखेका छन । मतदाताले राखेका मागलाई पुरा गर्ने घर्तीले वचन दिए।
खोपिचारका जनतालाई भरपर्दो सञ्चार सेवा दिन होर्दिङ नजिक नमस्तेको टावर निर्माण गरेको घर्तीले बताए । टावरको संरचना बनेको तर मेसिनहरु जडान नभएको उक्त टावर सन्चालन गर्न पहल हुनेछ ।
उनले भने चुनाव पछि उक्त टावरबाट फोरजी सहितको फोन सेवा सुचारु गछौ । तपाई ढुक्क हुनुहोस् ।
खोपिचारका विभिन्न ग्रामीण सडकको बिस्तार गर्न आवश्यक बजेटको व्यवस्था गरेको उम्मेदवार घर्तीले स्मरण गराए । उनले थपे खानेपानी र निर्माण भएका सडक स्तरोन्नति गर्न मेरो ध्यान केन्द्रित हुनेछ ।
युवाहरुलाइ स्वदेशमै रोजगारी दिन युवा उद्यमशिलता सहितको विभिन्न सीप विकास तालिम संचालन गर्ने घर्तीले अर्को प्रतिबद्धता जनाएका छन । भौतिक पुर्वाधारको विकाससंगै रोजगारी व्यवस्थापनमा आफुले ध्यान दिने उनले बताए ।
खोपिचारको समग्र बिकासको लागि हिजो आज र भोलि सधै पहल गर्ने घर्तीले अठोट गरेका छन । सभामुख हुँदा खोपिचारको सडक, विद्युत, खानेपानी, स्वास्थ्य, शिक्षा र संचारको जग बसालेको घर्तीले सुनाए ।
अब यी संरचनाको बिस्तार र स्तरोन्नति गर्न प्राथमिकताका साथ काम गर्नेछु । उनले भने ।