रुकुम पुर्वबाट प्रदेश सभा र प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएका सदस्यहरुलाई प्रमाणपत्र प्रदान गरिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले आज एक कार्यक्रमको आयोजना गरि यश जिल्लाबाट निर्वाचित हुनुभएका प्रतिनिधि सभाका सदस्य पुर्ण बहादुर घर्ती, प्रदेस सभा निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित सुरुल पुन र निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित धन बहादुर केसिलाई प्रमाणपत्र प्रदान गरिएको हो ।

मंसिर ४ गते भएको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनबाट यश जिल्लामा प्रतिनिधि सभामा गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका घर्ती विजयी हुनुभयो । प्रदेस सभाको निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा माओवादी केन्द्रबाट बागी उम्मेदवारी दर्ता गराउनुभएका पुन र २ नम्बर क्षेत्रबाट गठबन्धन(नेपाली कांग्रेस) का केसि विजयी हुनुभएको हो ।

विजयी तिनै जनालाई मुख्य निर्वाचन अधिकृत श्यामलाल घिमिरेले प्रमाणपत्र प्रदान गर्नुभएको हो । यस्तै निर्वाचनलाई सफल बनाउ महत्त्वपूर्ण भुमिका निर्वाह गर्ने प्रमुख जिल्ला अधिकार तुलाराज सुनुवारसँगै सुरक्षा निकायका प्रमुखलाई पनि सम्मान पत्र प्रदान गरिएको छ । मुख्य निर्वाचन अधिकृत घिमिरेको अध्यक्षतामा भएको प्रमाणपत्र प्रदान कार्यक्रमको सञ्चालन जिल्ला निर्वाचन अधिकारी तेज कुमार ओलिले गर्नुभएको थियो ।