रुकुम पूर्वमा पत्रकारहरुको लागि मिडिया साक्षरता कार्यक्रम संचालन गरिएको छ । रुकुमकोटमा रुकुम पूर्व र रोल्पा दुई जिल्लाका पत्रकारहरुलाई लक्षित गरी मिडिया साक्षरता कार्यक्रम संचालन गरिएको हो । कार्यक्रममा दुई जिल्लाका ३० जना भन्दा बढी पत्रकारहरुको उपस्थिती रहेको छ ।

यी दुई जिल्लामा बसेर पत्रकारीता गरिरहेका पत्रकारहरुलाई पूनर्ताजकिकरणको लागि यो साक्षरता कार्यक्रमको आयोजना गरिएको हो । यो कार्यक्रम लुम्बिनी प्रदेश गृह मन्त्रालयको आर्थिक सहयोग‚ नेपाल पत्रकार महासंघ रुकुम पूर्वको समन्वयमा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशले आयोजना गरेको हो । यो कार्यक्रम आज र भोली दुई दिनसम्म चल्ने छ ।

कार्यक्रमको आज लुम्बिनी प्रदेशसभाका सदस्य सुरुल पूनले उद्धघाटन गर्नुभएको हो । कार्यक्रममा बोल्दै सांसद पूनले स्वतन्त्र र निष्पक्ष पत्रकारिता गर्नुपर्नेमा जोड दिनुभएको छ । अहिलेको समयमा पत्रकार आचासंहिता भन्दा बाहिर गएर पेशालाई मर्यादामा राखेर भन्दा पनि सस्तो लोकप्रियताको लागि जे पनि र जस्तो पनि समाचारहरु बनाउने गरेको भन्दै त्यसतर्फ सचेत भएर कलम चलाउन उहाँले पत्रकारहरुलाई आग्रह गर्नुभएको छ ।

साक्षरता कार्यक्रमको सहजिकरण प्रशिक्षक पत्रकार जनार्दन घिमिरेले गरिरहनुभइको छ । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष बसन्त गिरीको अध्यक्षतामा भएको मिडीया साक्षरता कार्यक्रममा लुम्बिनी प्रदेशसभाका सदस्य सुरुल पुनको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख मेघ बहादुर श्रेष्ठ‚ सिस्ने गाउँपालिकाका अध्यक्ष कृष्ण रेग्मी‚ निमित्त प्रमुख जिल्ला अधिकारी गोपाल श्रेष्ठको विशेष आतिथ्यता रहेको थियो । नेपाल पत्रकार महासंघ रुकुम पूर्वका अध्यक्ष मैत्या घर्तीको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन पत्रकार महासंघ लुम्बिनी प्रदेशका महासचिव विक्रम खड्काले गर्नुभएको थियो ।