रुकुम पूर्वमा डिप्रोक्स लघुवित्त रुकुमकोट शाखाले वित्तिय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । शाखाले सिस्ने गाउँपालिका वडा नम्बर ४ दादिङमा आफ्ना सदस्य लगायत अन्य स्थानीय वासिन्दालाई वित्तिय साक्षरता प्रदान गरेको हो ।

बित्तिय साक्षरता कार्यक्रममा बचत र कर्जा कसरी चलाउने भनी जानकारी गराइएको छ । डिप्रोक्स लघुवित्त संस्थाका शाखा प्रबन्धक दामोदर गौतमले सदस्हरुलाइ बैंक तथा बित्तिय संस्थाको इतिहास, हालको अवस्था, यसका प्रकार, उद्देश्य तथा महत्वबारे जानकारि गराउनुभएको थियो ।

यस्तै उहाँले सदस्यहरुलाइ बित्तिय संस्थामा बचत गर्दा हुने फाईदा तथा बचतका प्रकारका बारेमा समेत जानकारी गराउनुभएको थियो । सदस्यहरुलाइ कर्जाको ब्याजदरको बारेमा कर्मचारी दुर्गा पुरिले जानकारी गराउनुभएको थियो । त्यस्तै सहभागिलाई घरायसि बजेट निर्माण गर्ने तरिका तथा यसका फाईदा बारे पनि सिकाईएको थियो । कार्यक्रममा केन्द्रिय सदस्यहरु र अन्य स्थानीय गरी ८७ जनाको उपस्थिती रहेको थियो ।

कमला बि.क. को अध्यक्षतामा भएको बित्तिय साक्षरता कार्यक्रममा सिस्ने गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष दलराज घर्ती, जनप्रिय मा. वि. का प्रधानाध्यापक मेघलाल घर्ती लगाएतको आतिथ्यता रहेको थियो । कार्यक्रमको सञ्चालन  लघुवित्तका कर्मचारी सुवाश कुमार विश्वकर्माले गर्नुभएको थियो ।