
कुलमान नायक हुन
अन्धकारसँग लडेर उज्यालो छर्ने,
देशको सपनालाई बत्तीको ज्योतिमा सजाउने,
जनताको मुहारमा खुसीका किरण फिँजाउने।
तर देशमा एउटा खलनायक छ,
सत्ताको मातले मात्तिएको,
दिनदिनैको उधोगतीले आत्तिएको
भाषणमा ठूल्ठूला सपना बाँड्ने,
तर भित्रभित्रै षड्यन्त्र बुनेर
नायकको बाटोमा काँडो छर्ने।
कुलमानले अँध्यारो हटाए,
देशमा उज्यालोको पर्व ल्याए।
लोडसेडिङको अन्त्य गरी,
जनताको जीवनमा आशाको दीप बलाए।
तर खलनायक रिसाए,
किनभने नायकले जनताको मन जिते,
उनका थोत्रा झुठा भाषण
कुलमानको कामले सधैं पाखा लगाए।
नायक उभिन्छ जनताको साथमा,
सच्चा सेवा, इमानदार कर्मका पाइलामा।
तर खलनायक सत्ता जोगाउन तम्सिन्छ,
नायकलाई हटाउन षड्यन्त्रको खेलमा रमाउँछ।
तर सत्य सधैं जित्छ,
जनताको भरोसा कहिल्यै मर्दैन।
कुलमान जस्ता नायकको उज्यालो
सदाको लागि देशको गहना बन्छ।
खलनायकलाई थाहा छैन,
सत्ता अस्थायी हुन्छ, कर्म स्थायी।
जनताको मुटुमा सधैं नायक बस्छ,
र खलनायकको झुठलाई समयले मेट्छ।
नायक कुलमान, उज्यालोको पहरेदार,
खलनायक ओली, अन्धकारको व्यापार।
समयले फैसला गर्छ, को छ सच्चा नायक,
र को हराउँछ इतिहासमा, को बन्छ नायक !
लेखक:रिमनाथ खत्री