
रुकुम पूर्व सिस्ने गाउँपालिका वडा नम्बर १ भङका गोर्ख बुढा विगत ३ महिना यता सम्पर्क बिहिन हुनुहुन्छ । इन्डियाको केराला भन्ने ठाउँमा जान्छु भनी गएको पुस महिनाको २५ गते घरबाट अन्य ४ जना साथीसँग निस्कनुभएका बुढा अहिलेसम्म सम्पर्कमा नआएको उहाँकी श्रीमती चम्फा कुमारी बुढाले जानकारी दिनुभएको छ ।
श्रीमानसँग गएका अन्य ४ जना भने सम्पर्कमै रहेको उहाँले बताउनुभयो । चम्फाका श्रीमानसँग सँगै गएका साथीहरुले बाटोमा गोर्ख बुढा बिरामी भएको र उहाँलाई इन्डियाको आन्द्रा प्रदेशको अंगुल भन्ने ठाउँको एक अस्पतालमा लगेको र त्यहीबाट सम्पर्कबिहिन भएको बताएको चम्फाले बताउनुभयो ।
३ महिनासम्म श्रीमानको अत्तोपत्तो नहुदाँ सार्है समस्या भएको उहाँले बताउनुभएको छ । चम्फा भनुन्हुन्छ, घरमा बुढी सासु सहित दुई छोरा र एक छोरी छीन । एउटी छोरीको भने बिहे भइसकेको छ ।
चम्फाका दाई सिद्दिमान शाहीले आफ्नो भिनाजुको नागरिकता र साथमा भएको पैसा साथीहरुको साथमै रहेको बताउनुभएको छ । उहाँकाअनुसार बाटोमा जादा बिरामी भएको र हस्पिटलमा लगेपछि हस्पिटलबाटै उहाँ भाग्नुभएको कुरा सँगै गएका साथिहरुले सुनाएको बताउनुभयो । बिर्ख बुढालाई खोजेर सहयोग गरिदिन उहाँको परिवारले अपिल गरेको छ ।
भेट्नुहुने जो कोहोले पनि निम्न नम्बरमा फोन गरेर सहयोग गर्नको लागि हार्दिक अनुरोध गर्दछौं । सम्पर्कको लागिः
श्रीमती चम्फा बुढा मोबाइल न. ९७६३९७०२५३
छोरी भावना बुढाः ९८४५२२४३४३
सिद्दिमान शाहीः ९७४५८८७३१७