डर मानव जीवनको एक हिस्सा हो। तर केही मानिसहरू यस्ता छन् जो कुनै पनि कुरासँग डराउँदैनन्। त्यसो भए के तिनीहरूको जीवन फरक छ?

सोच्नुहोस्, यदि तपाईं विमान (हवाइजहाज) बाट हाम फाल्नुहुन्छ र तपाईंलाई केही पनि महसुस हुँदैन। न त मुटुको धड्कन छिटो हुन्छ, न त शरीरमा कुनै चाल हुन्छ।

बेलायतकी जोर्डी सेर्निकको जीवनमा यस्तै भयो। कुशिंग सिन्ड्रोमसँग सम्बन्धित चिन्ता कम गर्न उनको एड्रेनल ग्रन्थिहरू हटाइयो। कुशिंग सिन्ड्रोम एक दुर्लभ रोग हो जसमा शरीरले तनावसँग जोडिएको हार्मोन कोर्टिसोलको उत्पादन असामान्य रूपमा उच्च स्तरमा बनाउँछ।

जोर्डीमा यो उपचारको प्रभाव अपेक्षा गरिएको भन्दा बढी देखियो। उनले चिन्ता गर्न छोडे तर केही गलत महसुस गरे। सन् २०१२ मा, जब उनी डिज्नील्याण्ड गए र रोलर कोस्टरमा बसे, उनले आफू नडराएको पाए।

त्यसपछि, उनले स्काई डाइभिङ, टाइन ब्रिजबाट जिप–लाइनिङ र शार्ड टावरबाट एब्सिलिङ गरे। त्यस समयमा पनि उनी कत्ति पनि डराएनन्।

सेर्निकको केस अत्यन्तै दुर्लभ छ, तर पूर्ण रूपमा अचम्मको भने छैन। यो अवस्था ती व्यक्तिहरूमा पनि देखिन्छ जसलाई लिपोइट प्रोटिनोसिस रोग छ। यो एक आनुवंशिक रोग हो र निकै कम मात्र देखिएको छ। अहिलेसम्म यो सम्पूर्ण विश्वमा लगभग ४०० जनामा मात्र फेला परेको छ।

लिपोइट प्रोटिनोसिस रोग लागेकी एसएम नामकी एक बिरामी जो सन् १९८० को दशक देखि अमेरिकाको आयोवा विश्वविद्यालयमा वैज्ञानिक अध्ययनको हिस्सा रहिन्।

सन् २००० को सुरुमा, जस्टिन फेइन्स्टाइन, जो त्यतिबेला त्यहाँ विद्यार्थी थिए, अनुसन्धान टोलीमा सामेल भए र एसएमलाई डर महसुस गराउने तरिकाहरू खोज्न थाले।

‘हामीले उनलाई त्यहाँ भएका सबै डरलाग्दा चलचित्रहरू देखायौं’ जस्टिन फेइन्स्टाइनले भने, जो अहिले फ्लोट रिसर्च कलेक्टिभका क्लिनिकल न्यूरोसाइकोलोजिस्ट हुन्।

डरलाई नियन्त्रण गर्ने मष्तिष्कको भाग 

उनका अनुसार, ब्लेयर विच प्रोजेक्ट, एराक्नोफोबिया, द शाइनिङ एण्ड साइलेन्स अफ द ल्याम्ब्स जस्ता डरलाग्दा चलचित्रहरूले पनि एसएमलाई डराउन सकिनन्। वेभर्ली हिल्स सेनेटोरियम जस्तो डरलाग्दो ठाउँ देखेर पनि उनमा कुनै प्रभाव परेन।

‘हामीले उनलाई सर्प लगायतका खतराहरूको अगाडि राख्यौँ। तर डराउनुको सट्टा, उल्टै आकर्षित देखिइन्, तिनीहरूबाट टाढा जानुको सट्टा तिनीहरूसँग जोडिन थालिन्’, फेनस्टाइनले भने।

लिपोइड प्रोटीनोसिस रोग इसिएम वान नामक जीनमा परिवर्तन  भएपछि हुन्छ। यो जीन क्रोमोजोम १ मा अवस्थित हुन्छ र एक्स्ट्रासेल्युलर म्याट्रिक्स (इसीएम) लाई कायम राख्छ। इंसीएम एक प्रकारको समर्थन हो जसले कोशिकाहरू र तन्तुहरूलाई ठाउँमा राख्छ।

जब इसिएम वान क्षतिग्रस्त भएपछि, क्याल्सियम र कोलाजेन जम्मा हुन थाल्छ र कोशिकाहरू मर्न थाल्छन्। यसले विशेष गरी एमिग्डालालाई असर गर्छ ।

यो मष्तिष्कमा बदाम आकारको भाग, जसले डर बुझ्न र व्यवस्थापन गर्न महत्वपूर्ण भूमिका खेल्छ। एमिग्डाला मष्तिष्कको त्यो भाग हो जसले निश्चित प्रकारका डरहरूलाई नियन्त्रण गर्छ। अन्य डरहरूको लागि यसको भूमिका फरक हुन सक्छ।

डरको प्रकार

विशेषज्ञहरूका अनुसार, एमिग्डाला ले केही प्रकारका डरमा धेरै असर पुर्याउँछ भने केहीमा कम। यसको उदाहरण डरको अवस्थाबाट बुझ्न सकिन्छ।

मुसाहरूमा गरिएको एउटा प्रयोगमा : तिनीहरूलाई आवाज सुनेलगत्तै बिजुलीको हल्का झट्का दिइयो भने, पछि तिनीहरू आवाज सुनेर मात्रै पनि डरले फ्रिज हुन्छन् भन्ने देखियो।

अमेरिकाको मेरील्याण्ड विश्वविद्यालयका प्राध्यापक अलेक्ज्याण्डर शिकम्यान एमिग्डालाले सामाजिक संसारमा हाम्रो प्रतिक्रिया निर्धारण गर्न महत्वपूर्ण भूमिका खेलेको बताउँछन्।

यदि बाहिरबाट कुनै खतरा छ भने, एमिग्डालाले अर्केस्ट्राको कन्डक्टरको रूपमा काम गर्छ, यसले दिमाग र शरीरलाई कसरी प्रतिक्रिया दिने भनेर बताउँछ।
एमिग्डालाबाट छुट्टिएर पैदा हुने केही डरहरू पनि छन्।

एउटा परीक्षणमा, फाइनस्टाइन र उनको टोलीले एसएमलाई कार्बन डाइअक्साइड सास फेर्न लगाए। यसले सामान्यतया मानिसहरूलाई निसासिएको र डराएको महसुस गराउँछ।

वैज्ञानिकहरूले सोचे कि एसएमले कुनै फरक पर्नेछैन, तर यसको विपरीत, तिनीहरू नर्भस थिए। त्यस्तै गरी, दुई अन्य बिरामीहरू, जसको एमिग्डाला क्षतिग्रस्त थियो, तिनीहरूले पनि यो परीक्षणको क्रममा गहिरो डर महसुस गरे।

यो नतिजाले फाइनस्टाइनलाई एमिग्डालामा थप गहन अनुसन्धान गर्न प्रेरित ग¥यो। उनको दस वर्षको अध्ययनमा, मष्तिष्कमा डर का दुई फरक तरिकाहरू हुन्छन् भन्ने पाए। एउटा जब खतरा बाहिरबाट आउँछ र अर्को हो जब यो भित्रबाट जन्मन्छ।

बाह्य खतराको अवस्थामा, एमिग्डालाले कन्डक्टरको रूपमा काम गर्छ, जसले शरीर र दिमागलाई प्रतिक्रिया दिन निर्देशन दिन्छ। यसले पहिले इन्द्रीयहरूलाई नियन्त्रण गर्ने भाग हरू – दृष्टि, गन्ध, स्वाद र श्रवण शक्तिबाट जानकारी लिन्छ।

यदि एमिग्डालाले खतरा पत्ता लगाउँछ, यसले हाइपोथ्यालेमसलाई सन्देश पठाउँछ।  हाइपोथ्यालेमसले पिट्यूटरी ग्रन्थिलाई थप सक्रिय बनाउँछ, र पिट्यूटरी ग्रन्थिलाई संकेत गर्छ। यस पछि, एड्रेनल ग्रन्थिले रगतमा कोर्टिसोल र एड्रेनालाईन छोड्छ।

‘यस प्रक्रियाले मुटु छिटो धड्किन्छ, रक्तचाप बढ्छ, र लड्न वा भाग्नको लागि सामान्य डर प्रतिक्रिया हुन्छ’, फाइनस्टाइन भन्छन्। जब खतरा शरीर भित्रबाट आउँछ, (जस्तै रगतमा कार्बन डाइअक्साइडको स्तरमा वृद्धि) मस्तिष्कले यसलाई फरक तरिकाले बुझ्छ।

शरीरले यसलाई निसासिएको संकेत मान्छ, किनभने मस्तिष्कमा अक्सिजन सेन्सर छैन। फेनस्टाइनको अध्ययनले श्वास प्रश्वास जस्ता आधारभूत कार्यहरुलाई नियन्त्रण गर्ने ब्रेनस्टेमले कार्बन डाइअक्साइडको स्तर बढ्दा आतंक उत्पन्न गर्छ भनेर पत्ता लगायो।

सामान्यतया एमिग्डालाले यो प्रतिक्रियालाई रोक्छ। तर एसएम जस्ता बिरामीहरूमा, जसको एमिग्डाला क्षतिग्रस्त भएको छ, डर प्रतिक्रिया अझ छिटो हुन्छ।
वैज्ञानिकहरूले एमिग्डालाले यो किन गर्छ ? भनेर अझै पनि पूर्ण रूपमा बुझेका छैनन् ।

डरको महत्व

एसएमको मामला फरक छ, तर यो सबैमा लागू हुँदैन। उनको रोगले एमिग्डालालाई लगभग पूर्ण रूपमा नष्ट गर्यो, तर उनको मष्तिष्कको बाँकी भाग सुरक्षित रह्यो।

एउटै प्रकारको मस्तिष्क चोटको प्रभाव फरक–फरक व्यक्तिहरूमा फरक हुन सक्छ। यो चोट लागेको उमेरमा पनि निर्भर गर्दछ। किनभने यसले कति र कति समयसम्म निको हुन्छ भनेर निर्धारण गर्दछ।

स्तनपायी, चरा, सरीसृप, उभयचर र माछा सहितका मेरुदण्डी प्राणीहरूमा एमिग्डाला हुन्छ, र यसले तिनीहरूलाई खतराबाट जोगाएर बाँच्न मद्दत गर्दछ।

‘जब कुनै जनावरको एमिग्डाला क्षतिग्रस्त हुन्छ र तीनलाई जंगलमा लगेर छोडिन्छ, वा ती प्रायः केही घण्टा वा दिन भित्रै मर्छन्, किनभने यो आवश्यक प्रणाली बिना, जनावर तुरुन्तै खतरनाक परिस्थितिहरुमा फस्छ’, फाइनस्टाइनले भने।

तर धेरै खतरनाक परिस्थितिको सामना गरे पनि एसएमले एमिग्डाला बिना ५० वर्ष भन्दा बढी समय बिताइसकेका छन्।

थाहा खबरबाट साभार