आजै रुकुम पुर्वमा आइपुग्नुभएका नेकपाका संयोजक पुष्प कमल दाहाल प्रचण्डले लुकुम गाउँलाई नमुना गाउँ बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । भुमे गाउँपालिका-१ लुकुममा आयोजना गरिएको जनभेटघाट कार्यक्रमलाई संबोधन गर्दै आफ्नो निर्वाचन क्षेत्रको यो लुकुम गाउँलाई चुनाव जितेर गएपछि नमुना गाउँ बनाउने प्रतिबद्धता संयोजक दाहालले जनाउनुभएको हो ।
लुकुम गाउँ भाषा र संस्कृतिले भरिपुर्ण भएको कारण यो गाउँलाई नमुना गाउँ बनाउन सकिने उहाले बताउनुभयो ।
यहाको झाक्री नाचको बारेमा आफुले भिडियो पनि हेरेको बताउदै संयोजक दाहालले लुकुम धेरै कुराहरुले ऎतिहासिक रहेको बताउनुभयो । रुकुमको पाखा पखेराहरुमा पहिले पनि घुमेको बताउदै संयोजक दाहालले यहाको विकासको लागि आफू प्रतिबद्ध रहेको बताउनुभएको छ ।
यसै क्रममा भुमे गाउँपालिका-१ का वडाध्य मनकाजी पुनले वडाबासिको मागहरु संयोजक दाहाल समक्ष पेश गर्नुभएको छ भने सिद्धचौर मावी लुकुमका प्रधानाध्यापक राम बहादुर पुनले पनि विद्यालयको माग पेश गर्नुभएको छ । संयोजक दाहालले वडाबासिको तर्फबाट आएका मागहरुलाई पूरा गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
प्रचण्ड अबको एक सता रुकुम पुर्वमा जनभेटघाटमा व्यस्त रहनुहुने छ ।

