नेकपा एमाले रुकुमपूर्वका जिल्ला सचिवालय सदस्य ताराप्रसाद पुन र एमालेका भूमे गाउँपालिका १ का वडा कमिटीका सदस्य विनकुमारी बिक नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गर्नु भएको छ । आज बिहीबार भूमे १ लुगुममा नेकपा रुकुमपूर्वका प्रतिनिधिसभा सदस्यका उम्मेदवार एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुन र बिकलाई नेकपामा स्वागत गर्नु भएको हो ।

पुन २०७४ र ०७९ सालको स्थानीय निर्वाचनमा एमालेबाट भूमे १ को वडाध्यक्ष पदमा प्रतिस्पर्धा गर्नु भएको थियो । यद्यपि दुई वटै चुनावमा तत्कालिन माओवादी केन्द्रका उम्मेदवारसँग पराजित हुनु भएको थियो । एमाले वडाध्यक्षको उम्मेदवार नै नेकपामा प्रवेश गरेपछि यस वडाको सिंगो एमाले नै नेकपामा समाहित भएको नेकपाका केन्द्रीय सदस्य जितमान पुनले दाबी गर्नुभयो ।