रुकुम पूर्व, ५ फागुन
नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सिस्ने गाउँपालिकाको नेटामा रहेको सहिद स्मृति पार्कमा पुगेर सहिदका प्रतिमामा माल्यार्पण गर्नु भएको छ । उहाँले त्यहाँ उपस्थित सहिद परिवारलाई सम्मान समेत गर्नुभएको छ ।
मतदाता भेटघाटका लागि सिस्ने गाउँपालिकाको नायगाड पुग्नु भएका संयोजक प्रचण्ड मङ्गलबार विहान वाकिङ नेटामा रहेको सहिद पार्क पुग्नु भएको हो । उहाँले स्थानीय टोपबहादुर खत्रीको घरमा मकैको रोटी र दुध खानु भयो।
संयोजक प्रचण्डले वाकिङकै क्रममा प्वाङ स्वास्थ्य चौचीको निरीक्षण गर्नुभएको छ । आजै नायगाडमा आयोजित चुनावी सभालाई संबोधन गर्नुहुनेछ। यो प्रचण्डको पहिलो चुनावीसभा हुनेछ ।

