नेकपा एमाले रुकुमपूर्व सिस्ने गाउँपालिका कमिटीका सदस्य बलबहादुर बुढा नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गर्नु भएको छ । आज आइतबार नेकपा रुकुमपूर्वको जिल्ला कार्यालय रुकुमकोटमा पार्टीका मुख्य सचिव गणेशमान पुन र केन्द्रीय सदस्य पूर्णबहादुर घर्ती लगायत नेताले बुढालाई नेकपामा स्वागत गर्नु भएको हो ।
एमाले परित्याग गरी नेकपामा प्रवेश गर्नु हुने बुढा २०७४ को स्थानीय निर्वाचनमा एमालेबाट सिस्ने–६ वडा सदस्यमा निर्वाचित हुनु भएको थियो । नेपालमा कम्युनिस्टहरुलाई एकतावद्ध बनाउने नेकपा मात्र रहेकाले आफू एमाले छोडेर नेकपामा प्रवेश गरेको बुढाले बताउनुभयो ।

