नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड‘लाई सहिद परिवारले निर्वाचनका लागि सहयोग गरेका छन् । मतदाता भेटघाटका लागि गएको माघ २९ गते रुकुम पूर्वमा पुग्नु भएका प्रचण्डलाई आज सिस्ने-८ धपेका सहिद परिवारले निर्वाचन परिचालनका लागि संयुक्त रूपमा १ लाख पाँच सय ५ रूपैयाँ सहयोग गरेका हुन् ।
बुधबार धपेमा आयोजित जनभेटघाट कार्यक्रममा सहिद हरिचन्द्र पुनका बुवा पदमबहादुर पुन “दक्ष” ले सहिद परिवारहरूको तर्फबाट आर्थिक सहयोग हस्तान्तरण गर्नु भयो । सिस्नेको ८ नम्बर वडाबाट जनयुद्धमा २० जना सहिद भएका छन् ।
रुकुमपूर्वका प्रतिनिधि सभा उम्मेदवार प्रचण्डले उक्त रकम निर्वाचन परिचालन समितिका संयोजक गणेशमान पुनलाई हस्तान्तरण गर्नुभयो । जनभेटघाटमा संयोजक प्रचण्डले सहिद परिवारको सहयोग साङ्केतिक तर शक्तिशाली भएको बताउनुभयो । उहाँलेको सबै परिवर्तन सहिदको वलिदानबाट सम्भव भएको बताउनु हँदै सहिद र परिवारजनप्रति सम्मान व्यक्त गर्नुभयो ।
२९ गते निर्वाचन क्षेत्रमा जनभेटघाट र चुनावी अभियानको लागि रुकुम पूर्वमा आउनुभएका प्रचण्ड जिल्लाको विभिन्न ठाउँमा पुगेर मतदाता भेटघाट गर्दै आज रुकुम पश्चिम प्रस्थान गर्नुभएको छ ।

