हिकमत प्रोतेल/रुकुम(पूर्व)

रुकुम(पूर्व) को पुथा उत्तरगंगा गाउँपालिका ११ दम्चनमा विभिन्न कार्यक्रमको संयुक्त अनुगमन गरिएको छ । युनाइटेड मिसन टु नेपाल (UMN) र मगर समाज सेवा तथा सुचना केन्द्रकाे साझेदारीमा सञ्चालित दिगाे वातावरण तथा आर्थिक विकास (सिड) परियोजनाकाे सयुक्त अनुगमन गिरएकाे हाे । परियोजनामार्फत त्यहाँ कृषक समूह दम्चनले गर्दै आएको पशु पालन तथा करेसावारि तरकारी खेति लगायतमाका उत्पादनको संयुक्त अनुगमन गरिएको हो ।

संयुक्त अनुगमनमा पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्ष भुपेन्द्रा बुढाको प्रमुख उपस्थिति रहेको थियो । यस्तै पुथा उत्तरगंगा गाउँपालिका प्रवक्ता टिकासाई घर्ती, पुथा उत्तरगंगा कृषि शाखा प्रमुख ओम प्रकाश ओली, पशु साखा प्रमुख भिम प्रकाश केसी, स्वास्थ्य शाखा प्रमुख समिर गिरी, मिक नेपाल अध्यक्ष धनबहादुर बुढा, उपाध्यक्ष ललिता बुढा, मिक नेपालका कार्यक्रम निर्देशक अबिनास बुढा, कार्यक्रम संयोजक उत्तम विक लगाएतको उपस्थिती रहेको थियो ।

कृषक समुहले समूह गठन पछि विभिन्न तरकारी खेति तथा पशुपालन गरेर मासिक करिब ८ हजार बचत गर्दै आएका छन् । आफ्नै करेसा बारीबाट तरकारी उत्पादन गर्दा जिविकोपार्जनमा सहजता भएको कृषक जितबहादुर सुनारले बताउनुभयो । गाउँपालिकाले समय अनुसार बीउ र किटनाशक औषधी उपलब्ध गराए अझ राम्रो आमदानी हुने कृषक समुहले बताएका छन् । कृषक समुहमा प्राबिधिक ज्ञान नभएकोले तरकारी खेतीमा विभिन्न रोगको पहिचान गर्न नसक्दा भनेजति उत्पादन गर्न नसकिएको समुहमा आवद्ध किसानले बताएका छन् ।

यस्तै कृषक समुहले उत्पादित तरकारी तथा फलफूलको गाउँपालिकाले उचित मुल्यमा बजारिकरण गरिदिन माग राखेका छन ।