पोखरा मनपा वडा नं. ६ बङ्गलादिको कैलाशधाम शिवमणि मन्दिर धार्मिक विकास क्षेत्रको सभाहलमा साउन ४ गतेका दिन कर्मफ्लाइट्स फाउन्डेसन नेपाल र आइएम ओमन अष्ट्रिेलियाको साझेदारीमा १२ हप्ते ‘लैङ्गिक समानता र सामाजिक पहल तथा महिनावारी स्वच्छता’ तालिम सम्पन्न भएको छ ।
बङ्गलादि टोलका विभिन्न विद्यालयमा अध्ययनरत १२ जना किशोरकिशोरीलाई १२ हप्ते प्रशिक्षक प्रशिक्षण तालिम दिइएको थियो । समापन समारोहका प्रमुख अतिथि पोखरा मनपा वडा नं. ६ का वडा सदस्य दिपेन्द्र पहारीले ‘गैरसरकारी संस्थाले यति राम्रो काम गरेको र यस्तो राम्रो काम गर्ने संस्थालाई स्थानीय सरकारले धन्यवाद भन्नुपर्छ’ भने । वडा सदस्य पहारीले राम्रो काम गर्ने जो कोहीलाई सरकारले धन्यवाद दिनुपर्ने दाबी गरे । प्रमुख अतिथि पहारीले कार्यक्रमलाई सम्बोधन गरेर भने ‘यस्तो कार्यक्रमले हामीमा रहेको लैङ्गिक असमानतालाई निरुत्साहित गर्नेछ । महिला सम्बन्धि रहेको विभेदपूर्ण विचारको अन्त्य गर्न सहयोग गर्नेछ । यस्तो कार्यक्रमले किशोरकिशोरीलाई लैङ्गिक समानताको लागि नौलो र भेदभावरहित विचारको विजारोपन गर्न मद्यत गर्छ । हामीले पनि वडामार्फत विभिन्न शिर्षकमा बजेट छुट्याएका छौं । संस्थासँग मिलेर काम गर्न र हाम्रो तर्फबाट सहयोग गर्नमा कुनै कन्जुस्याई गरिने छैन ।’
कर्मफ्लाइट्स फाउन्डेसन नेपालका राष्ट्रिय निर्देशक प्रेमबहादुर कुँवरले स्थनीय सरकार र समुदाय भन्दा बाहिर रहेर कुनै पनि कार्य गर्न नसकिने भएको हुँदा सरकार, समुदाय र विभिन्न निकायको साथ समर्थनमा आफुहरूलाई काम गर्न निकै सहज भएको बताए । निर्देशक कुँवरले सरकारले संस्थासँग हातेमालो गरेर अघि बढेमा संस्थाले अझ राम्रा कार्यक्रम गर्नसक्ने बताएका थिए ।
कार्यक्रमका विशेष अतिथि कैलाशधाम शिवमणि मन्दिर धार्मिक विकास क्षेत्रका अध्यक्ष गिरिराज अधिकारीले ‘यो कार्यक्रमको तालिम घरघरमा दिन पाए वास्तविक परिर्वन आउने’ बताएका थिए । अर्का अतिथि बङ्गलादि सहकारी संस्थाका अध्यक्ष तुल्सी गौतमले समाजमा भएका लैङ्गिक विभेदको रूपमा रहेको जडलाई यस्ता कार्यक्रममार्फत दृष्टिकोणमा बदलाव ल्याएर मात्र सुन्दर समाज हुने बताएका थिए ।
कार्यत्रमका सभाध्यक्ष शर्मिला शर्माले कर्मफ्लाइट्स फाउन्डेसनले यस्ता महत्वपूर्ण कार्यहरू गर्दा स्थानीय सरकार, समुदाय र प्रशिक्षार्थीमार्फत राम्रो प्रतिक्रिया आउनुमा आफुलाई निकै गौरव लागेको र आगामी दिनमा स्थानीय सरकारसँग मिलेर अझ राम्रा कामहरू गर्ने प्रतिबद्धता जनाइन् ।
जेसा प्रोजेक्ट अफिसर कर्मसही घर्ती मगरको उद्घोषणमा कर्मफ्लाइट्स फाउन्डेसन नेपालका एमएचएम प्रोजेक्ट अफिसर निथोई विकको स्वागत मन्तव्यबाट कार्यक्रमको शुरुवात भएको थियो । कार्यक्रमको सहजीकरण जेसा प्रोजेक्ट अफिसर सौगात अधिकारीले गरेका थिए ।
कार्यक्रममा प्रशिक्षार्थीहरूलाई प्रमुख अतिथि, विशेष अतिथि, महिला सन्जाल र सभाध्यक्षमार्फत प्रमाणपत्र तथा खादा वितरण गरिएको थियो भने ४ जना किशोरी प्रशिक्षार्थीलाई विशेष खालको पुन: प्रयोग गर्न मिल्ने महिनावारी कीट पनि वितरण गरिएको थियो ।

