रविन विश्वकर्मा/रुकुम(पुर्व)


रुकुम(पुर्व) का प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर खड्काले बाताबरण तथा बन्यजन्तु संरक्षण ऐन कार्यान्वयन हुन नसकेको बताउनुभएको छ । प्रजिअ खड्काले सोमबार जिल्लाको सिंस्ने गाउँपालिका ६ छिप्रिदहमा आयोजना गरिएको बन्यजन्तु अपराध नियन्त्रण सम्बन्धि कृयाशिल गोष्ठीको समापन कार्यक्रममा बोल्दै यस्तो बताउनुभएको हो ।

सरकारले बाताबरण तथा बन्यजन्तु संरक्षण ऐन २०७३ जारी गरे पनि यसको कार्यान्वयन फितलो हुदा बन्यजन्तु अपराध नियन्त्रणमा समस्या भएको बताउनुभयो । खड्काले ऐेन, निति, नियम बनाउदैमा बन्यजन्तु संरक्षण नहुने उल्लेख गर्दै सबैले कार्यान्वयनमा जोड दिनुपर्ने बताउनुभयो । बाताबरणप्रती गरिने अमानवीय कृयाकलाप रोक्न सके मात्रै बन्यजन्तुको संरक्षण गर्न सकिने उहाँको भनाइ छ ।

प्रजिअ खड्काले बाताबरण सन्तुलन राख्न बन्यजन्तुको संरक्षण गर्न जरुरी रहेको बताउनुभयो । बाताबरण प्रभाव मुल्यांकन बिना गरिने डोजर र असारे विकासले बाताबरणी पारिस्थितिक प्रणाली बिग्रदै गएको बताउनुभयो । मापदण्ड बिना गरिने बिकास निर्माणले बाताबरणसंगै मानव जगतमा ठुलो असर पर्ने भएकाले सामाजिक, आर्थिक, सांस्कृतिक तथा पारिस्थिक प्रणालीको अध्ययन तथा अनुसन्धान गरेर मात्रै बिकास निर्माणका गतिविधि अगाडि बढाउन जोड दिनुभयो ।

बन्यजन्तु उपराध नियन्त्रण तथा बन बिनास रोक्न स्थानिय सरकारले सचेतनामुलक कार्यक्रम संञ्चालन गर्नुपर्नेको उहाँको भनाइ छ । जिल्लाको हकमा पनि बन्यजन्तुको चोरी निकासीको समस्या देखिएकाले यसको नियन्त्रणको लागि तत्पर लागि पर्ने बताउनुभयो । साथै कार्यक्रमले बन्यजन्तु संरक्षणमा ठुलो सहयोग पुग्ने बताउदै सबै हातेमालो गरेर बन,बन्यजन्तु अपराध नियन्त्रणमा जुट्न आग्रह गर्नुभयो ।

त्यस्तै डिभिजन बन अधिकृत महेन्द्रराज वाग्लेले बन्यजन्तु, जैविक विविधता संरक्षण चुनौतीपुर्ण रहेको बताउनुभयो भयो । कुनै एक ब्यक्ति र संस्थाको एक्लो प्रयासले मात्रै यो सम्भव नरहेकाले जिल्ला स्थिति जिम्मेवार निकाय, राजनीतिक दल, सुरक्षा निकाय लगाए सम्पुर्ण सरोकारवाला पक्षहरुलाई समेट्दै जनसहभागितामा आवश्यक कदम चाल्नु अहिले आवश्यकता भएको बताउनुभयो ।

जथाभावी गरिएको सडक बिस्तारले बन्यजन्तुको बासस्थान,आहार विहार खण्डीकरण हुदैन गएको बताउनुभयो । दिर्घकालीन सोचका साथ काम गर्न नसक्दा राज्यले लगानी गरेको बजेटको दुरुपयोग भएको बताउनुभयो । बन र बन्यजन्तुसंग नागरिकको जीवनशैली प्रत्यक्ष जोडिएकाले सबै भन्दा पहिले बन्यजन्तुको बासस्थानमा ध्यानदिन जरुरी रहेको धारणा राख्नुभयो ।

वाग्लले बन तथा बन्यजन्तु संरक्षण गर्नु नागरिकको दायित्व भएकाले जिल्लामा कहिकतै बन,बन्यजन्तु अपराध लगाएका गतिविधि भए कार्यालयमा जानकारी दिन आग्रह गर्नुभयो । साथै गोष्ठीमा सिकेका कुरा आफुमा मात्रै सिमित राखे त्यसको कुनै अर्थ नरहने भएकाले सिकेका कुरा गाउँ,समाज,छरछिमेक लगाएका नागरिकलाई जानकारी गराई बन संरक्षणमा असल नागरिकको भुमिका निर्वाह गर्न अनुरोध गर्नुभयो ।

दुई दिन सम्म चलेको गोष्ठीको प्रशिक्षण रेड पाण्डा नेटवर्कका स्रोत ब्यक्ति एवम् नेपाल सरकारका पूर्व सचिव शंकर प्रसाद कोईरालाले दिनुभएको थियो । गोष्ठि अवधिभर नेपालमा पारिस्थिक प्रणालीमा परेको नकारात्मक असर र प्रभाव,बन्यजन्तु उपराध गरे हुने सयाज, जैविक विविधता, जलवायु परिवर्तन र प्रभाव, यसको संम्भावित असर, जलवायुजन्य प्रकोपबाट हुने क्षति, यसको न्युनिकरणको उपाय, बन्यजन्तु संरक्षणका लागि नेपालमा गरिएको प्रयास, चुनौती, संरक्षणमा ३ तहका सरकारको भुमिका, नेपालमा संरक्षणको क्षेत्र अवस्था लगाएतको बारेमा जानकारी दिएको प्रशिक्षक कोईरालाले बताउनुभयो ।

कोईरालाले बन्यजन्तु संरक्षण बाताबरण संरक्षणको एक प्रमुख आधार भएको बताउनुभयो । बन्यजन्तुको संरक्षण गर्नसके मात्रै बाताबरणको संरक्षण हुने भएकाले सबैले बन्यजन्तु संरक्षणमा जोड दिनुपर्ने बताउनुभयो । बाताबरण जोगाउन बन्यजन्तुको भुमिका महत्वपूर्ण रहेकाले यसको अपराध नियन्त्रणको बारेमा समुदायस्तरमा सचेतना जगाउन जरुरी रहेको बताउनुभयो । चेतना अभावका कारण पछिल्लो समय बन्यजन्तुको चोरि निकासी बढेको उल्लेख गर्दै चेतना अभिवृद्धिका लागि ३ तहका सरकारले बिशेष ध्यादिनुपर्ने बताउनुभयो ।

स्थानिय तहमा रेड पाण्डा लगाएतका बन्यजन्तुको संरक्षणमा संलग्न सरोकारवालाहरुलाई बन बाताबरण वन्यजन्तु र यसको अवैध कारोबार बारे अभिमुखिकरण गरी संरक्षणमा सघाउ पुर्याउने उदेश्यका साथ गोष्ठीको आयोजना गरिएको रेड पाण्डा नेटवर्कका कार्यक्रम अधिकृत दिनेश घलेले बताउनुभयो । रेड पाण्डा नेटवर्कले गरेको अध्ययन अनुसार सन २००८ देखि सन २०२१ सम्म नेपालमा १ सय २३ वटा रेड पाण्डा सम्बन्धि अपराध भएको बताउनुभयो । जसमा १ सय ५५ वटा रेड पाणडाका छाला सहित ३ सय १२ जना मानिस पक्राउ परेको बताउनुभयो ।

कार्यक्रमको समापन गर्दै हुरेड कार्स नेपालका अध्यक्ष दामोदर गौतमले सन २०१९ देखि हाल सम्म रुकुम पूर्वको सिंस्ने र पुथा उत्तरगंगा गाउँपालिकाको वडा नंम्बर १, रुकुम पश्चिमको बांफिकोट गाउँपालिकाको ५ नंम्बर वडामा रेड पाण्डा संरक्षण कार्यक्रम संञ्चालन गरेको बताउनुभयो ।उहाँका अनुसार रुकुम पुर्वमा हाल सम्म सिंस्ने १ मा रेड पाण्डा भेटिएको छ । रेड पाण्डा,अन्य बन्यजन्तु अपराध नियन्त्रणसंगै जनताको जिविको पार्जनका निमित्त पनि विभिन्न कार्यक्रम संञ्चालन गरेको बताउनुभयो ।

कार्यक्रम रेड पाण्डा नेटवर्कको आर्थिक सहयोग र हुरेड कार्स नेपालको आयोजनामा गरिएको हो ।